मानव जीन्दगीका अनेक समस्याहरु मध्ये लागू पदार्थको सेवन र बिक्री बितरण पनि एक मुख्य समस्या हो । लागूपदार्थ सेवनले मानव स्वास्थ्य, पारिवारिक र सामाजिक समस्या सँगै अपराधजन्य गतिविधि पनि बढाउने गर्दछ । लागूपदार्थको उत्पादन, विक्रीवितरण र सेवन रोक्न अनेक प्रयास गरिएपनि सफल हुन सकेको छैन । बरु यसको बड्दो प्रयोगले स्वास्थ्य, सामाजिक, आर्थिक हानी नोक्सानी बढाईरहेको छ ।
लागूपदार्थ अनेक प्रकारका छन । कुनैलाई राज्यले सिमित प्रयोगमा छुट दिएको छ भने कुनैलाई पुरै निषेध गरेको छ । फेरि पनि निषेध गरिएका लागूपदार्थहरुको लुकिछिपि उतिकै कारोवार र सेवन हुने गरेको छ । लागू पदार्थ सेवन गर्नेहरुलाई क्षणिक आनन्द दिएपनि दीर्घकालिन दृष्टिले यो अत्यन्त हानीकारक छ । त्यसैले यसको उत्पादन, विक्री वितरण र सेवन तत्काल बन्द गर्न जरुरी छ । घरको एउटा सदस्य लागूपदार्थको कुलतमा डुवेमा त्यसले परिवारका दश जनालाई धुरुधुरु रुवाउँछ । कुलतमा फसेको व्यक्तिको घरमा न धनसम्पतिको रक्षा हुन्छ न स्वास्थ्य र सामाजिक ईज्जत र प्रतिष्ठाको । लागूपदार्थले रोग लागेर थला पर्ने, हो हल्ला गरेर कल झगडा गर्ने, कुटपीट र वलात्कार जस्ता जघन्य अपराध गर्ने हुनाले यो परिवार मात्रै नभएर समाज, देश र विश्वको समस्या बन्न पुगेको छ । रोग, घटना, दुर्घटना, अपराध जन्माउने लागूपदार्थको आवश्यकता पुरा गर्न सेवनकर्ताले चोरी, लुटपाट, कुटपीटदेखि ज्यानैसम्म लिएका घटनाहरु बेला बेलामा सार्वजनिक भइरहेका छन ।
समाजमा घटेका अधिकांश अपराधका घटनाको जरो खोतल्दै जाने हो भने लागूपदार्थको सेवनले चेतना गुमाएर घटना घटाएको देखिन्छ ।
धेरैजसो लागूपदार्थलाई कानुनले निषेध गरेर उत्पादन, विक्री वितरण र सेवनमा निषेध गरेपनि यसको प्रयोग बढिरहेकोले यसलाई रोक्न हरेक पक्ष सवल र सक्रिय बन्नुपर्ने अवस्था आइपरेको छ । लागूपदार्थ कुनै एक परिवार, समुदायको मात्रै समस्या नभएर सिंगो मानवजातिको समस्या भएकोले यसको अन्त्यको लागि पनि सबै एकजुट हुन जरुरी छ । लागूपदार्थ रोक्ने काम प्रहरीको मात्रै हो, सबै काम प्रहरीले गर्छ भन्ने चिन्तन बोकेर टुलुटुलु हेरेर बस्न थालियो भने यो समस्याले भविष्यमा हरेक घरपरिवारलाई सताउनेछ । प्रहरीले लागूपदार्थ वेचेर अर्काको जीन्दगीसँग खेलवाड गरेर रातारात धनी बन्न खोज्नेहरुलाई कडा भन्दा कडा कार्वाही गर्न जरुरी देखिन्छ । घरमा कोहि लागूपदार्थका सेवनकर्ताहरु छन, कुलतको दलदलमा फसेका छन भने तिनीहरुलाई आत्मिय बातावरणमा सम्झाएर, बुझाएर, हौसला र प्रोत्साहन दिएर सतकर्ममा अघि बढाउन जरुरी छ । कल, झगडा कुटपीट गरेर मात्रै समस्या समाधान हुदैन, यसको सेवन एक प्रकारको मानसिक समस्या भएकोले मनोचिकित्सक कहाँ पुगेर उपचार गराउन जरुरी छ ।
समाज सुधारको जिम्मेवारी लिएको राज्य, विभिन्न संघसंस्था र नागरिक समाजका अगुवाहरुले लागूपदार्थ विरोधी जनचेतना जगाएर घरपरिवार, समाजलाई लागूपदार्थ मुक्त बनाउ । ज्यानमारा लागूपदार्थबाट आफु बचौ र अरुलाई पनि बचाऔ ।
लागूपदार्थबाट बचौ र बचाउ
लागूपदार्थबाट बचौ र बचाउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु