पोखराः नेपाल कम्युनिष्ट पार्टी (‘विप्लव’) का महासचिव नेत्रबिक्रम चन्दले अमेरिकाले ल्याउन खोजेको एमसीसी देशका लागि घातक भएकोले त्यसलाई पारित गर्नेहरुलाई ध्वस्त पार्ने चेतावनी दिएका छन ।
महासचिव चन्दले सत्तामा रहेका दल र राज्यका उच्च पदस्थ कर्मचारीहरु आर्थिक प्रलोभनमा परेर एमसीसी पारित गर्न चलखेल गरेको बताउँदै कुनै पनि वहानामा एमसीसी लागू खोजे ठुलो मुल्य चुकाउनु पर्ने चेतावनी दिए ।
पार्टी निकट अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनको पोखरामा उद्घाटन गर्दै महासचिव चन्दले अमेरिकाले नेपाललाई असफल राज्य बनाएर लुट्ने योजना एमसीसी ल्याएको वताउँदै त्यसका बिरुद्ध प्रतिकारमा उत्रन जनतालाई आव्हान गरे ।
महासचिव चन्दले जनता भन्दा ठुलो अर्को शक्ति नभएकोले देश र जनताको अहित गर्ने एमसीसी पारित गर्न खोज्ने जो कोहिलाई जनताले नछाड्ने बताए र्। एमसीसीलाई कुनै पनि देशले स्वीकार गरिहेको छैन । नेपाली जनता पनि यसको छैनन, फेरि पनि किन कर गरिरहेको छ ?’ महासचिव चन्दले एमसीसी पारित गर्न ठुलो चलखेल भएको बताउँदै भर्ने पचास अर्बको एमसीसी लागू गरिए दश प्रतिशत कसिमसन आयो भनेपनि ६ अर्ब खान पाईने लोभले सब चलखेल गरिएको छ ।’
महासचिव चन्दले एमसीसीको पचास अर्बको पछि लाग्न भन्दा एनसेलको ६२ अर्ब असुल्नतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
चन्दले एमसीसीको पक्षमा कस्ले कसरी बोलेर लेखेर वकालत गरिरहेको छ सबै हेरिरहेका बताउँदै केहि दलका नेता, लेखक, पत्रकार र अभियन्ता भन्नेहरु जसरी पनि एमसीसी लागू गर्नपर्छ भन्ने पक्षमा वकालत गरिरहेका भन्दै आक्रोश व्यक्त गरे ।
नेपालका नोकरशाही प्रवृत्तिका मालिक घरी डलर बोकेर, त कहिले बन्दुक बोकेर आउने गरेको र केहि दलका दलालहरु सेवकहरु नोकरहरु कान समातेर उठवस गर्ने गरेको भन्दै व्यंग गरे ।
नेपालमा स्थानीयदेखि उच्च तहसम्म व्यापक भ्रष्टाचार मौलाएको उल्लेख गर्दै महासचिव चन्दले लुकाएर खर्वौ रुपयाँ खाएपनि लुकाउन नसकेको ११ खर्व भन्दा वढि बेरुजु रहेको वताए ।
चन्दले सरकार र शाषकहरुसँग मात्रै बन्दुक हुने र आफुहरुसँग केवल जनताको समर्थन रहेको र त्यही सवै भन्दा ठुलो शक्ति र हतियार भएको वताए । उनले बन्दुक बोक्नु कसैको रहर नभई बाध्यता रहेको बताउँदै त्यसवाट असिम पीडा र क्षति हुने अनुभूति व्यक्त गरे ।
जनताले आफुले चाहेको शाषन व्यवस्था आफैले रोज्न पाउनुपर्नेमा जोड दिदै चन्दले जनताको शक्तिलाई सर्वोच्च मान्दै आफुहरु जनमत संग्रहका लागि तयार भएको बताए ।
उनले सरकारसँग तीन बुँदे सहमती गरेर ईमान्दारिपूर्वक कार्यान्वयनमा आएपनि महिनौ वित्दा समेत राज्यले त्यसलाई वेवास्ता गरेको भन्दै कडा आपत्ति व्यक्त गरे । अझै पनि दर्जनौ आस्थाका बन्दीहरु थुनामा रहेको उल्लेख गर्दै चन्दले आफुहरुको ईमान्दारितालाई कमजोरी नठान्न चेतावनी दिए ।
चन्दले आफुहरुले कुनै वेला बाबुराम भटटराईलाई आर्दश मानेर पछि लागेपनि अहिले बाबुरामले कम्युनिष्ट नै छाडेर दलदलमा फँसेको भन्दै चरित्रप्रति कडा व्यंग गरे ।
भारतले ठाउँ ठाउँमा सिमाना मिचेर हेपाहा प्रवृत्ति अपनाएको भन्दै सबै असमान सन्धि खारेज गरिनुपर्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टीको आन्दोलनको कुनै समय सिमा नरहेको बताउँदै देश र जनताको लागि आफुहरु सधै बलिदान हुन तयार रहेको जानकारी दिए ।
युद्धका वेला माओवादीले कव्जा गरेको तीन लाख रोपनी भन्दा वढि जग्गा दलालीकरण गरेर रातारात धनी बनेका बताउँदै चन्दले हिजोका सर्वहारा आज लुटेर र दलाली गरेर देश लुटेर अर्बपति बनेकाले तिनिहरुका बिरुद्ध आन्दोलनमा उत्रन आव्हान गरे ।
चन्दले युद्धका बेला नेतृत्व गरेका प्रचण्ड र वावुरामले पार्टी देश, जनता र क्रान्तिप्रति ठुलो धोका दिएर अहिले आलिशान जीन्दगी विताइरहेको भन्दै असन्तुष्टि जनाए ।
शिक्षा, स्वास्थ्य जस्ता कुरा राज्यको अधिनमा हुनुपर्ने बताउँदै चन्दले दलका नेताहरुको मिलोमतोमा धमाधम निजीकरण गरेर जनता लुटने काम भइरहेको आरोप लगाए ।
कान्तिपुर, नागरिक र नयाँपत्रिकाले विज्ञापन वटुलेर मात्रै खाने भए
महासचिव चन्दले नेपालका ठुला मिडिया हाउसहरु विज्ञापन वटुलेर मात्रै खान पल्किएका र जनताका समाचारहरु नदिने प्रवृत्तिका भएका बताए । आफ्नो पार्टीले हालै राजधानीमा गरेको ठुलो कार्यक्रमको कान्तिपुर, नागरिक र नयाँपत्रिकाले समाचार प्रकाशित नगरेको भन्दै तीव्र असन्तुटि जनाए ।
एमसीसी पारित गर्नेहरुलाई ध्वस्त पार्ने चन्दको चेतावनी
एमसीसी पारित गर्नेहरुलाई ध्वस्त पार्ने चन्दको चेतावनी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु