पोखराः वडा दशैं नजिकिदै गइरहेको छ । चाडपर्वको वेला माछा, मासु, चिप्लो खानेकुरा खाने चलन छ । यदी शरीरको रगतमा चिप्लो पर्दाथ आवश्यकता भन्दा बढि भएमा उच्च रक्तचाप, ह्दय घात, मस्तिष्क घात जस्ता ज्यानमारा रोगले आक्रमण गर्नसक्छ ।
चाडपर्वको वेला शरीरको रगतमा बोसोको मात्रा बारे थाहा नपाएर कतिपयको ह्दयघात र मस्तिष्क घात भएर ज्यानै जाने गरेको छ । कतिपयको प्यारालाईसिस भएर जीन्दगीभर दुःख कष्ट व्यहोर्नु परेका अनेक उदाहरण छन ।
चाडपर्वमा हुनसक्ने यस्ता जोखिमहरु कम गर्न गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि.युआरएलले चाडपर्व लक्षित फेस्टिभल अफर सार्वजनिक गरेको छ ।
अफरमा असोज महिनाभर रगतमा हुने खराब बोसो टिजी सित्तैमा जाँच गरेको छ । अन्य परीक्षणहरुमा ३० प्रतिशत छुट दिइएको अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए ।
अध्यक्ष पन्तले जनताको स्वास्थ्य सुरक्षा गर्ने उदेश्यले जारी गरिएको परीक्षणमा सहभागि भएर आफ्नो स्वास्थ्य अबस्था बुझेर फाईदा लिन सबै नागरिकलाई आग्रह गरेका छन ।
यो अफर युआरएलको प्रधान कार्यालय सभागृहचोक, गिरी कम्प्लेक्ससहित शाखा कार्यालय हस्पिटलचोकसहित युआरएल दुलेगौंडा, दमौली, बेशीसहर र वालिङमा समेत उपलब्ध छ । विश्वकै सर्वोत्कृष्ट प्रविधि, उत्कृष्ट मेसिन र दक्ष जनशक्तिबाट सेवा दिइरहेको युआरएलले चाडपर्वका बेला ग्राहकलाई उपहारस्वरुप योजना ल्याएको अर्थ निर्देशक गणेश कोइरालाले बताए ।
महामारीका बेला स्वास्थ्य मापदण्ड पूरा गर्दै युआरएल गण्डकी प्रदेशलाई रक्त परीक्षणमा अत्मनिर्भर बनाउन लागिपरेको निर्देशक सन्दी अर्यालले बताए ।
हालसम्म ४ लाखभन्दा बढीलाई सेवा दिइसकेको युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सयभन्दा बढी स्वास्थ्य शिविर र सचेतना कार्यक्रम गरिसकेको छ ।