पाेखरा-नेपाली कांग्रेसको पोखरा महानगरपालिका सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । गंगाधर पराजुलीसहित ५ प्रतिस्पर्धीलाई हराउँदै उनी सभापति निर्वाचित भएका हुन् । बिझुक्छेले ४१४ मत ल्याउँदा गंगाधरले ३४६ मत पाए ।
उपसभापतिमा भवसागर बराल र प्रयागराज भण्डारी निर्वाचित भएका छन् । टुबराज बाँस्तोला र गणेशबहादुर थापा सचिवमा विजयी हुँदा संघर्ष कोइराला र सन्जय आले सहसचिवमा निर्वाचित भएका छन् । पोखरा महानगरको निर्वाचनमा कुल १ हजार ३ सय ४४ मत खसेको थियो । यसैगरी सभापति पदका रामराज लामिछानेले २ सय ९, मिलन तिवारीले १ सय ५३, मोहनप्रसाद बाँस्तोलाले १ सय २६ र ज्योति हमालले ११ मत पाएकी थिईन ।
मादी गाउँपालिकामा यामप्रकाश गुरुङ सभापति निर्वाचित भएका छन् । देवीजंग गुरुङलाई १ मतले हराउँदै यामप्रकाश निर्वाचित भएका हुन् । देवीले ९२ मत पाउँदा यामप्रकाशले ९३ मत पाएका हुन् ।
माछापुच्छ्रे गाउँपालिका समितिको सभापतिमा वीरेन्द्र गुरुङ निर्वाचित भएका छन् । मधुसूदन अधिकारीलाई १५ मतले हराउँदै वीरेन्द्र सभापति निर्वाचित भएका हेन् । उनले ९१ मत पाउँदा मधुसूदनले ७६ मत पाए ।
अन्नपूर्ण गाउँपालिकामा मनपति भण्डारी सभापतिमा सर्वसम्मत चुनिएका छन् । उनको नेतृत्वमा समितिका सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत निर्वाचित भएका हुन् । उपसभापतिमा गौमाया नेपाली र सुशील भट्टचन निर्वाचित भए ।
अन्नपूर्णमा झैं रुपा गाउँपालिकामा पनि सर्वसम्मत सभापति चयन गरिएको छ । बिमलबाबु न्यौपानेको नेतृत्वमा गाउँपालिका समिति निर्विरोध चयन भएको हो ।