पोखरा—नेपालाई जातिय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दुई दशक वितिसकेको छ । संविधान, ऐन, कानुन, कागज र नारामा जतिसुकै न्याय र समानताका कुरा गरेपनि जातिय विभेदका घटना अनेक आवरणमा भइरहेका छन । दलित भएकै कारण अन्र्तजातिय जोडीलाई बहिष्कार गरिएको, डेरा नपाएको, मन्दिर, धारा जस्ता सार्वजनिक स्थानमा प्रवेश नदिएका घटनाहरु सार्वजनिक भइरहेका छन ।
तर देशकै ठुलो शहर पोखरा महानगरपालिकाको अर्चलेमा भने जातिय विभेदको निन्दनिय घटना घटेको छ । छोराले दलित युवतीसँग अन्र्तजातिय विबाह गर्दा वुवाले परिवार, समाजमा अपमान मात्रै होईन, आमाको किरिया बस्दा पनि विभेद खेप्नु प¥यो ।
घटना हो पोखरा महानगरपालिका २७ अर्चलेको हो । २७ बर्षिय छोरा अमृतले दलित युवतीसँग विहे गर्दा परिवार नै विटुलो भएको भन्दै आफन्त र छिमेकीले कृष्णबहादुर भूजेललाई किरिया बस्दा समान कर्म गर्ने अवसरवाट वन्चित गरियो । कृष्णका छोरा अमृतले तीन बर्षअघि २४ बर्षिया पूजा गन्र्धवसँग अन्र्तजातिय प्रेम विवाह गरेदेखि नै गाउँका केहि आफन्त र छिमेकीले आपत्ति प्रकट गर्दै हेला, अपमान र तिरस्कार गर्दै आएका थिए । छोराले अदालतमा पुगेर मन परेकी दलित युवतीलाई वुहारी बनाएर भित्रयाउँदा कृष्णको परिवारले स्वीकार गरेका थिए । तर दलित युवतीसँग छोराले विवाह गरेदेखि कहिले के वहानामा कहिले के वहानामा अपमान र विभेद झेल्दै आएका कृष्णबहादुरको परिवारले किरिया बस्दा पनि चरम विभेद अपमान सहन परेपछि न्यायका लागि प्रहरी कहाँ उजुरी दिन पुगेका छन । तीन भाई छोरा मध्ये कृष्णबहादुर सबैभन्दा जेठो वाठो भएकोले परिवारले पहिला जुनसुकै कर्म गर्दा पनि उनलाई नै मानसम्मान गर्दै काम शुरु गर्थे । तर दलित जातिकी युवतीलाई छोराले बुहारी बनाएर ल्याएदेखि कृष्णसँगै बस्दै आएकी उनकी आमा अर्को छोरा कहाँ बस्न पुगेकी थिईन । कृष्णको परिवारलाई वुवाको श्राद्ध, गाउँमा हुने पुजा, धार्मिक, सामाजिक काममा समेत वहिष्कार गरिदै आएको थियो । धारामा पानी भर्न जाँदा समेत छोइछिटो गर्ने गरिएको पीडितले बताएका छन ।
भदौ १८ मा आमा वित्दा कृष्णबहादुरलाई छोरासँगै परिवार नै ‘अछूत’ भईसकेको भन्दै घाटमा कपाल काट्न र दाहसंस्कार गर्न दिएनन । मलामी बस्ने बेलामा पनि सँगै नमिसाउन छिमेकीले दवाव दिए । जेठी बुहारी राधिकालाई पनि माइली सरिता र कान्छी शिवसँग ५ दिनको ठाडो किरियामा नमिसाउन दवाव दिए । त्यति मात्रै होईन, कृष्ण र राधिकालाई त किरिया गर्ने घरमा टेक्न समेत दिएनन र हातपात गर्न समेत जाईलागे । पछि स्थानीय अगुवा गोविन्द वाग्ले र प्रहरीको दवावले कृष्णबहादुरलाई सँगै किरियामा राखेपनि पकाउन भने दिएनन । उनकी श्रीमति राधिका आफ्नो घरमा एक्लै ठाडो किरिया बस्न बाध्य भईन ।
‘मेरो छोराले गन्धर्व बिहे गरेपछि आफन्तले सबै नाता टुटाए,’ राधिकाले दुःखेसो पोखिन ‘जति सहयो, झन झन उति नै हेप्न थाले । अब त अति भो भनेर न्यायका लागि छोरावुहारीसँगै उजुरी दिएकी हुँ ।’
शुरुमा अशोज ५ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा आफुमाथि जातिय विभेद भएको भन्दै उजुरी दिन खोज्दा प्रहरीले प्रमाण नपुगेको भन्दै आनाकानी गर्न थाल्यो । पछि साक्षिहरु लिएर पुग्दा पनि प्रहरीले जाहेरी लिन मानेन । वरु विहीवार दुवै पक्षलाई वोलाएर आपसमा मिल्न दवाव दियो । प्रहरी मात्रै होईन, गाउँले र दलका अगुवा भन्नेहरुले पनि गाउँको कुरा गाउँमै मिलाउनुपर्छ भनेर दवाव दिन थाले ।
पीडित परिवारका अनुसार कांग्रेसका जिल्ला उपसभापति राजेन्द्रमणि पौडेल र एमालेका २७ नम्बर वडा कमिटी अध्यक्ष सूर्यमणि लामिछानेले आफन्त, छरछिमेक चाहिने भन्दै मिलापत्र गर्न दबाब दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुभास मल्लले पीडितको जाहेरी गत शुक्रबार दर्ता भएको जानकारी दिदै घटनाको अनुसन्धान र कार्वाहीको लागि आरोपितहरुलाई चाडै पक्राउ गरिने बताए । पीडित परिवारले कुनै हालतमा नमिल्ने अडान लिएपछि प्रहरीले ५ जनाविरुद्ध जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभावसम्बन्धी कसुरमा राधिकाको जाहेरी गरेको छ । अहिले छिमेकी रमा घमाल क्षत्री, आफन्तहरु रेशम भूजेल, सरिता भुजेल र भीमबहादुर भुजेल र शिव भुजेल बिरुद्ध पक्राउ पूर्जि जारी भएको छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १६८ बमोजिम अपमानजनक वा अमानवीय व्यवहार गर्न वा गराउन हुँदैन । गरेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।