पोखराः कोरोनाले थलिएको पर्यटन क्षेत्र व्यूँझाउन पर्यटकिय नगरी पोखरामा विभिन्न देशका राजदूतसहित अन्तराष्ट्रिय कुटनीतिज्ञहरुलाई आमन्त्रण गरेर पर्यटकिय गतिविधि शुरु गरिएको छ ।
विभिन्न देशका राजदूतहरुमार्फत सुन्दर नगरी पोखरा घुमफिरका लागि सुरक्षित भएको सन्देश दिन पोखरामा राजदूतहरुलाई आमन्त्रण गरिएको हो ।
४९ औं विश्व पर्यटन दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले विभिन्न देशका राजदूत र अन्र्तराष्ट्रिय कुटनीतिज्ञहरुलाई पर्यटकिय गतिविधिमा सहभागिताको लागि आमन्त्रण गरेको हो ।
जहाजमार्फत पोखरा भित्रिएका ती राजदूतहरुलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका पर्यटन सचिव ज्ञानेन्द्र पौडेल, पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारी, लगायतले स्वागत गरेका थिए ।
यूएई, कतार, फिनल्याण्ड, कोरिया, साउदी अरब, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, इजिप्टका राजदूतसहित कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधिहरुको २८ सदस्यीय टोली पोखरा आइपुगेको हो । पाहुनाहरु दुई दिन पोखरामा रहेर पर्यटकीय गतिविधिमा सहभागी हुनेछन ।
कोरोनाले थलिएको पर्यटन उद्योगलाई राहत दिन आन्तरिक तथा बाह्य पर्यटक प्रबद्र्धन गर्ने उदेश्यले राजदूतहरुलाई निमन्त्रणा गरी विश्व पर्यटन दिवस मनाउन लागिएको गण्डकी प्रदेशका पर्यटन सचिव ज्ञानेन्द्र पौडेलले बताए ।
पचास प्रतिशत पर्यटन व्यवसायी र मजदूरले कोरोना विरुद्धको खोप लगाइसकेकाले पोखराको पर्यटन सुरक्षित रहेको भन्ने सन्देश दिन राजदूतको पोखरा भ्रमण महत्वपूर्ण हुने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।
दुई दिने पोखरा बसाईका क्रममा उनीहरुले पोखराका पर्यटकीय क्षेत्रको भ्रमणसहित हाईकिङ गर्ने कार्यक्रम रहेको छ । विश्व पर्यटन दिवसको अवसरमा रेष्टुरेण्ट एण्ड वार एशोसिएसन रेवानले सोमबार साँझ ५ बजेदेखि राति १० बजेसम्म फेवाताल किनारको सडकमा मिनी सडक महोत्सवको आयोजना समेत गरेको छ ।
कोरोनाले थलिएको पर्यटन व्यूँताउन राजदूतहरु पोखरामा
कोरोनाले थलिएको पर्यटन व्यूँताउन राजदूतहरु पोखरामा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु