एजेन्सीः संयुक्त राज्य अमेरिकामा एउटा प्रयोगशालाले कोरोना जाँचेको ४५ हजार रुपैयाँ लिने गरेको छ । जिएस ल्याव्स नामको प्रयोगशालाले अमेरिकाका विभिन्न ३० ठाउँमा शाखा खोलेर सेवा दिदै आएको छ ।
अमेरिकामा कोरोना परीक्षण शुल्क २० डलर भन्दा कम छ । जिएसले एक जनाको परीक्षण गर्दा ३८० डलर लिन्छ । यसअघि नै अमेरिकी कंग्रेसले कोरोना परीक्षणको शुल्क नागरिकले तिर्नु नपर्ने र बीमा कम्पनीले व्यहोर्नु पर्ने कानुन ल्याएको थियो । ‘केयर एक्ट’मा कुनै अमेरिकी नागरिकले सूचीकृत प्रयोगशालामा कोरोना परीक्षण गर्दा जति शुल्क लाग्छ त्यो सबै बीमा कम्पनीले तिर्नै पर्ने र तिर्दिनँ भन्न नपाउने व्यवस्था गरिएको छ ।
कोरोना परीक्षणको मंहगो शुल्क लिएपनि अहिलेसम्म उसले झन्डै पाँच लाख मानिसको कोरोना परीक्षण गरिसकेको छ भने अहिले पनि दैनिक हजारौं मानिसले जिएसमा कोरोना परीक्षण गर्ने न्युयोर्क टाइम्सको समाचारमा उल्लेख छ ।
जिएसले महंगो शुल्क लिन थालेपछि बीमा कम्पनीहरूले आपत्ती जनाएका छन्। । केहीले पैसा तिर्न अस्वीकार गरेका छन भने केहीले महामारीका बेला अत्याधिक शुल्क लिएको भन्दै अदालती प्रक्रिया थालेका छन्। ।
कोरोना जाँचेको ४५ हजार
कोरोना जाँचेको ४५ हजार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु