काठमाडौंः काठमाडौं बिराटनगरको लागि उडेको जहाजमा अवतरणकोक्रममा पांग्रा नखुलेपछि फेरि काठमाडौंं नै फर्काइएको जहाजलाई दुई घण्टा पछि सकुशल त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराईएको छ ।
बुद्ध एयरको एन एएनआई एटिआर जहाज आकासमा दुई घण्टासम्म करिव दश फन्को मारेर ईन्धन सकिन लागेपछि अवतरण गराईएको हो । बिहान बिराटनगर उडेको जहाज बिराटनगरमा अवतरण गर्न लाग्दा दायाँतर्फको पांग्रा बन्द भएपछि फेरि काठमाडौंतर्फ फर्काइएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले उक्त जहाजको सामान्य अवस्थामा अवतरण गरेर पार्किङस्थलमा राखिएको वताए ।
अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ बायाँबाट दमकल र एम्बुलेन्स जहाजसँग सँगै कुँदेका थिए । आगो लागेमा नियन्त्रण गरेर घाईतेको उद्धार गर्न आवश्यक सवै तयारी पुरा गरिएको थियो ।
पांग्रा नखुलेको बुद्धको जहाज दुई घण्टापछि सकुलस अवतरण
पांग्रा नखुलेको बुद्धको जहाज दुई घण्टापछि सकुलस अवतरण

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु