काठमाडौँः चाडपर्वको मौका छोपि व्यापारीहरुले फेरि खाद्य पदार्थको मुल्य बडाएका छन ।
व्यापारीहरुले महिनैपिच्छे मुल्य बढाएर उपभोक्ताको ढाड सेक्दा पनि राज्य र जनस्तरबाट बनाईएका एक दर्जन बढि अनुगमन गर्ने निकायहरु कुम्भकर्ण निन्द्रामा सुतेर बस्दा कालोवजारी झनै बडेको छ ।
अधिकांश व्यापारीहरुले पसलमा मुल्य सूचि नराखिकन उपभोक्ता हेरेर ठग्दै आएका छन । एउटै सामानको मुल्य पसलै पिच्छे फरक फरक हुने गरेको छ ।
व्यापारीहरुले खाने तेल, दाल, चिउरा, चना, केराउ, आलु, घिउ, मसला, चिनी, चामलको मुल्य बढाएका छन । यसैगरी तरकारी, फलफूलको मुल्य पनि उसरी नै उकालो लागेको छ ।
हरेक पटक पसल जाँदा मुल्य बडेका कारण उपभोक्ताहरु हैरान हुँदै आएका छन ।र्
जहिले पसल जाँदा पनि खानेकुराको मुल्य बडेकै हुन्छ, एउटै सामानको मुल्य पनि पसलैपिच्छे फरक हुन्छ । यसरी सधै मुल्य बडेपछि हामी जस्ता सर्वसाधरणले कसरी गुजारा गर्ने हो ?’ काठमाडौं अनामनगरमा भाडामा बस्दै आएकी सिर्जना पौडेलले दुःखेसो पोखिर्न काम गरेको ठाउँमा न तलव बड्छ, न त आम्दानी नै । यस्तो पाराले त दशैं दशा बन्ने भो ।’
निजी बैंककी कर्मचारी पौडेलले नेपालमा जनताको हित बारे सोच्ने सरकार नै नभएको बरु देश र जनतालाई लुटेर धुतेर खानेहरुको नै बोलवाला रहेकोले जनताले सधै दुःख पाएको बताईन ।
यसरी बडेको छ मुल्य बृद्धि
बजारमा खानेकुराको मुल्य बृद्धि हेर्दा सबैभन्दा बडि खाने तेल बडेको पाईन्छ । चाडपर्व र अरुवेला पनि सबैभन्दा बढि खपत हुने खाने तेलको मुल्य एक बर्षमा नै एक सय रुपयाँ सम्म बडेको छ । खाने तेल बिना भान्साघर खल्लो हुने भएकोले हरेक घरमा तेल प्रयोग हुन्छ ।
अघिल्लो बर्ष बडा दशैंमा २ सय ७५ रुपयाँ मुल्य रहेको भुटेको तोरीको तेल यसपालि ३ सय ६० रुपयाँसम्म पुगेको छ ।
काँचो तोरीको तेल पनि प्रतिलिटर १ सय ८० बाट बढेर ३ सय ६० रुपैयाँ बनाईएको छ । भटटमासको तेल प्रतिलिटर १ सय ५५ बाट बढेर २ सय ४० पुगेको छ । सनफ्लावर तेल प्रतिलिटर १ सय ६५ बाट बढेर २ सय ५० रुपयाँ पुगेको छ । यसैगरी डाल्डा घिउ १ सय ४५ बाट २ सय ३० रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको साउनमा तेल र घिउको मूल्य २९।०७ प्रतिशत बढेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्ष तेल र घिउको मूल्यवृद्धि ६।४८ प्रतिशत मात्रै थियो । साउनमा मात्रै समग्र मूल्यवृद्धि ४।३५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको साउनमा यस्तो मूल्यवृद्धि ३।४९ प्रतिशत थियो ।
नेपाल वनस्पति घिउ–तेल उत्पादक संघका अध्यक्ष सन्दीपकुमार अग्रवालले भने पूर्णतः परनिर्भर हुनुपरेको र अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा यहाँ पनि त्यसको प्रभाव पर्ने गरेको प्रतिक्रिया दिए । अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्य दोब्बर पुगेकाले सोहीअनुसार यहाँ मूल्य बढेको उनको भनाइ छ । भाडा वृद्धि, तेलको सहायक कच्चा पदार्थ र प्याकिङ सामग्रीमा समेत मूल्यवृद्धि भएको उनले बताए ।
हाल घिउ–तेल उत्पादक संघमा २० उद्योग आबद्ध छन । ती उद्योगलाई चाहिने कच्चा पदार्थ क्रुड सोयाबिन तेल, क्रुड सनफ्लावर तेल र तोरीका दाना ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेनलगायत मुलुकबाट आयात हुन्छ ।
संघको दाबीमा उपभोक्ता अधिकारकर्मी भने सहमत छैनन । ‘कच्चा पदार्थको मूल्य बढेर तेलको मूल्य वृद्धि र्गयौं भन्नु बहाना मात्र हो, अन्तर्राष्ट्रिय बजारमा बढेको अनुपात र यहाँ भएको मूल्यवृद्धिको विश्लेषण भएको छैन,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘चाडबाडमा उपभोक्तालाई सहुलियत उपलब्ध गराउनुपर्नेमा मूल्य बढाएर ठगी गरिएको छ । यसलाई तत्काल नियन्त्रण गर्नुपर्छ ।’ सरकारले तत्काल प्रभावकारी अनुगमन गर्नुपर्ने उनको सुझाव छ ।
चिनीको मूल्य पनि बढेर प्रतिकिलो ९५ रुपैयाँ पुगेको खुद्रा व्यापार संघको तथ्यांक छ । एक वर्षमा हरियो केराउमा प्रतिकिलो २० रुपैयाँ बढेर किलोको १सय ४० पुगेको छ । सानो केराउ १ सय ६०, राजमा, रहर दाल, मुसुरो दाललगायतको मूल्य पनि किलोमै २० रुपैयाँसम्म वृद्धि भएको छ । पछिल्लो लकडाउन र अहिलेकै बजार तुलना गर्दा ५ देखि १० प्रतिशत मूल्यवृद्धि भएको उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेश उपाध्यक्ष दुर्गाराज श्रेष्ठले बताए । चामलको मूल्य बोरामा ५० र ६० रुपैयाँ बढेको छ । ‘चाडपर्व नजिकिएपछि माग बढ्दो छ तर सहज तरिकाले आपूर्ति गर्न सकिएको छैन, ढुवानीको समय नमिल्दा पनि महँगो भएको छ,’ नेपाल वितरक संघका निवर्तमान अध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘खाद्यान्न बोकेका सवारी बिहान ११ देखि दिउँसो ३ बजेसम्म मात्रै चल्न पाउँछन । यसले गर्दा पनि ढुवानी भाडा पनि बढेको हो ।’
बजार सुधार्ने काममा आधा दर्जन नियामक छन तर उपभोक्ताले सुधारको अनुभूति गर्न सकेका छैनन । खाद्यवस्तुको गुणस्तरसम्बन्धी नियमन गर्ने दायित्व खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हो । मूल्यसूची अनुगमन र म्याद नाघेको विषय हेर्ने काम वाणिज्य विभागले गर्छ । नापतौल तथा ढक तराजुको विषय गुणस्तर तथा नापतौल विभागले हेर्नुपर्छ । संघीय सरचनासँगै पालिकालाई बजार अनुगमनको अधिकार छ तर पालिकाहरूले प्रभावकारी अनुगमन गर्ने गरेका छैनन । यी विविध कारणले पनि बजारमा सुधार नदेखिएको सरोकारवालाको भनाइ छ ।
खानेतेल, गेडागुडीको मुल्य बृद्धिले उपभोक्ताको ढाड सेक्यो
खानेतेल, गेडागुडीको मुल्य बृद्धिले उपभोक्ताको ढाड सेक्यो
"अनुगमन गर्ने दर्जन निकाय कुम्भकर्ण निन्द्रामा "

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु