लुम्बिनी- सडक छेउमा बसेर बस कुर्दै गरेका आमाछोराको रुपन्देहीको सैनामैनामा ट्रकको ठक्करवाट मृत्यु भएको छ ।
सैनामैना नगरपालिका ५, बुद्धनगरमा मंगलवार बिहान सवा पाँच बजेतिर स्थानीय ४२ बर्षिया राधा भट्टराई र उनका १७ बर्षिय छोरा महेशलाई ट्रकले ठक्कर दिएको थियो ।
कलेज जान लागेका छोरालाई बसमा चढाएर मर्निङवाकमा घरबाट निस्किएकी राधा र उनको छोरालाई सडक छेउमा बसिरहेका बेला ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करवाट गम्भिर घाईते बनेका आमाछोरालाई तत्काल वुटवलको लुम्विनी प्रादेशिक अस्पतालमा लग्दै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेले भैसी बोकेर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. ८ ख ४४११ नम्वरको ट्रकले आमा छोरालाई ठक्कर दिएको बताए । प्रहरीले चितवनको राप्तीनगरपालिका घर भएका ट्रक चालक धनराज गिरीलाई कार्वाहीको लागि नियन्त्रणमा लिएको जनाएको छ ।
बस कुर्दै सडक छेउमा बसेका आमाछोराको ट्रकको ठक्करबाट मृत्यु
बस कुर्दै सडक छेउमा बसेका आमाछोराको ट्रकको ठक्करबाट मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु