पोखराः परदेशमा रगत र पसिना बगाउन बाध्य लाहुरे युवाहरुको व्यथा समेटेर तयार पारिएको ‘लाहुरे’ गिति संग्रह बजारमा आएको छ ।
एक दशकदेखि सांगितिक क्षेत्रमा छाएकी ‘भर्सटाइल’ सजना बास्तोलाको नयाँ दशै तिहार गीत ‘लाहुरे’ बजारमा आएको हो । बाँस्तोलाले दुई दर्जन बढी गीतमा स्वर भरेकी छिन् । ‘लाहुरे’ भने उनको पहिलो दशंै तिहार गीत हो । बाध्यताले मुग्लाने बनेका युवाहरुको कथामा बनेको गीत ‘लाहुरे’ नेपाली समाज र माटोको सुगन्ध बोकेको हृदयस्पर्सी गीत हो ।
जादुमयी स्वरको धनी बास्तोलासंगै गायक रामजी पौडेल , सरस्वती लामिछाने, कुमार गौतम र बलराम अधिकारीको आवाज सुन्न सकिन्छ । नारायण शर्मा र बलराम अधिकारीको शब्दमा सर्जक शर्माले मिठो संगीत भरेका छन् । सुनिल परियारको एरेन्ज र खुमन रानाको मिक्सिङमा रहेको गीतको म्युजिक भिडियोको निर्देशन होम गुरुङले गरेका छन् ।
मनमा कैयौं सपनाहरु साँचेर, रहरहरु पालेर बाध्यताले परदेशको लागि रगत र पसिना बाध्य युवाहरुको व्यथालाई गायक तथा मोडल रामजी खाँड र कविता क्षेत्रीको अभिनयले जीवन्त पारेको छ । खाँड र खत्रीलाई कृपा पौडेल, प्रतिमा कुवँर, तिर्सना बस्ताकोटी, भिमा क्षेत्री , सन्तोष, नविन दाहाल र कुमार गौतमले लोभलाग्दो साथ दिएका छन् ।
गनेश पौडेलले खिचेको भिडियोलाई सुवास अम्गाइले काटकुट पारेर चिरिच्याट पारेका छन् । यो गीत कुमार गौतम युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।
मुग्लाने युवाको व्यथा बोलेको ‘लाहुरे’ बजारमा
मुग्लाने युवाको व्यथा बोलेको ‘लाहुरे’ बजारमा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु