कास्की-पोखरा महानगरपालिका-३२ मझुवास्थित सडकबाट १ थान कछुवाको खपेटा सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत घर भई स्याङ्जा गल्याङ बजार बस्ने १९ वर्षीय पिन्टु सहनी, २० वर्षीय देवनाथ सहनी र १८ वर्षीय किशोर रहेका छन् । रौतहटको गौरबाट पोखरातर्फ आउँदै गरेको ना.५ ख ४९९२ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनीहरूलाई उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारबाहीका लागी डिभिजन वन कार्यालय कास्कीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कछुवाको खपेटासहित तीन भारतीय पोखरावाट पक्राउ
कछुवाको खपेटासहित तीन भारतीय पोखरावाट पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु