काठमाडौँ — हालसम्म नेपालमा १ करोड ७८ लाख ५८ हजार ७१० मात्रा खोप आएको छ । सरकारले कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनिकाको खोप दिइरहेको छ ।
कोभिसिल्ड २४ लाख ४८ हजार डोज, अस्ट्राजेनिका १९ लाख ७५ हजार ८६०, जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० र भेरोसेल १ करोड १९ लाख डोज खोप आएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारसम्मको तथ्यांकअनुसार कोभिसिल्ड, अस्ट्राजेनिकाको खोप पहिलो मात्रा २७ लाख २७ हजार २६५ जनाले लगाएका छन् दोस्रो मात्रा १५ लाख १८ हजार ५ जनाले लगाइसकेका छन् ।
त्यसैगरी भेरोसेलको पहिलो मात्रा ४४ लाख ८७ हजार ४७७ जनाले लगाइसकेका छन् भने दोस्रो मात्रा ३२ लाख २७ हजार ५६४ जनाले लगाएका छन् । जोन्सन एन्ड जोन्सनको खोप १४ लाख ९२ हजार ४३२ जनाले लगाइसकेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा ८९२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षणमा बुधबार थप ८९२ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९४ हजार १६१ पुगेको छ ।
यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ८८९ परीक्षणबाट २६५ जनामा पोजिटिभ देखिएको छ ।
२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार ५४१ परीक्षणमा १ हजार १५७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ११३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ६४ हजार ८४७ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ ।
हालसम्म देशभर ४१ लाख ९६ हजार ८२७ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २४४ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १८ हजार १९३ छ ।
मन्त्रालयका अनुसार पछिल्लो२४ घण्टामा पूर्ण खोप प्राप्त गर्नेको संख्या २ लाख ८६ हजार १४५ पुगेको छ ।
नेपालमा अहिलेसम्म कोभिडको पौने दुई करोड खोप आयो
नेपालमा अहिलेसम्म कोभिडको पौने दुई करोड खोप आयो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु