जाजरकोट— ज्ञान र बिकासको मुख्य आधार भनेकै शिक्षा हो । संविधानमा शिक्षालाई मौलिक हक भनिएको छ । शिक्षाका नाममा ठुला ठुला बजेट खर्च गरिदै आएको छ । भौतिक पूर्वाधार र दक्ष जनशक्तिमा अर्बौ रुपयाँ खर्च गरिने भएपनि बिकट र दूर्गम क्षेत्रका सरकारी बिद्यालयको अबस्था भने दयनीय छ ।
गाउँका झोपडीमा जन्मिएर देशमा सर्वहारा बर्गको उत्थान र मुक्तिको नारा घन्काउँदै राजनीतिमा अघि बढेर सत्ता र शक्तिमा पुगेका सन्तानहरु नामी र दामी बिद्यालयमा पढछन । रोडबाट करोड र अरवपति बनेकाहरुका सन्तान बिदेशी स्कुलमा अध्ययनका लागि पुगेका छन ।
तर जुन गाउँले देश र जनताको परिवर्तनका लागि शयौं शहीद र योद्धा जन्मायो त्यो गाउँका जनता र तिनिहरुका सन्तानको अबस्था पनि उस्तै छ । वरु दिनप्रति दिन दयनीय बन्दै गइरहेको छ ।
जाजरकोटमा शुक्रबार एक जीर्ण विद्यालय भत्किदाँ नौ बिद्यार्थी गम्भिर घाईते बनेका छन । ती मध्ये चार बिद्यार्थी सिकिस्त बनेका छन ।
पढाई भइरहेकै बेला बारेकोट, २ लिम्सास्थित वीरेन्द्र प्राथमिक बिद्यालय भत्किदा ती बिद्यार्थीहरु घाईते बनेका हुन ।
बालविकास कक्षा संचालन हुँदै आएको उक्त भवनको कक्षा कोठाको गारो शुक्रबार दिउँसो एक्कासी भत्किएको थियो । गाह्रो भत्किएर र भाग्नेक्रममा बिद्यार्थीहरुलाई चोट लागेको बिद्यालयले जनाएको छ । शिक्षक कालीप्रसाद थापाले घाईते बिद्यार्थीहरुको स्थानीय अस्पताल लिम्सामा उपचार भईरहेको जानकारी दिए । उनले विद्यार्थीहरु हिम्मत सिंह, स्मृति शाही, दिप्सन नेपाली, विजया शाही, अतिथ नेपाली, अनिशा शाहीलगायत घाइते भएको वताए । घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रमुख मधुकुमार थापाले बताए । घाईतेहरुलाई विद्यार्थी, शिक्षक र प्रहरीले घाइते विद्यार्थीको उद्धार गरेर अस्पताल लगेका थिए ।
जीर्ण चुहिने भवन बिहीबार परेको पानीका कारण गारो भत्किएको प्रहरीको अनुमान छ ।
जीर्ण बिद्यालय भत्कँदा जाजरकोटमा नौ बिद्यार्थी घाईते
जीर्ण बिद्यालय भत्कँदा जाजरकोटमा नौ बिद्यार्थी घाईते

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु