पोखराः पर्यटकिय नगरी पोखराको सर्बाधिक विश्वासिलो कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं साधारण सभा विभिन्न कार्यक्रमसहित शनिवार सकिएको छ ।
सभाले पोखरा १३ कुँडहर निवासी युवा पत्रकार तथा लेक्चर शोभाकान्त सिग्देललाई सहकारीको प्रेस संयोजकमा चयन गरेको छ । पोखरामा दुई दशकदेखि पत्रकारितामा सक्रिय सिग्देल अहिले पोखरापत्र दैनिकको कार्यकारी सम्पादक र लेकसिटी कलेज पोखरामा पत्रकारिता बिषयमा प्राध्यापन गर्दै आएका छन ।
कोभिड १९ को कारण श्रृजित विषम परिस्थितीलाइ मध्यनजर गरी सुरक्षा मापदण्ड अपनाइ गत बुधवारदेखी सभा सुरु भएको थियो । समापन समारोहकको कोन सामुदायिक बचत तथा ऋण सहकरी संस्था लिका मानार्थ सरक्षक तथा निवर्तमान अध्यक्ष शरदकान्त सिग्देलले सभाको उद्घाटन गर्दै सवैको सहयोगले आज सहकारी अगाडि बड्न सफल भएको चर्चा गरे । समय समयमा सामाजिक कार्य सँगै सदस्यहरुलाइ अनुभुति हुने क्रियाकलापले संस्था प्रति सवैको माया ममता रहेको निवर्तमान अध्यक्ष सिग्देलले वताए । कार्यक्रममा सचिव शान्तकुमार श्रेष्ठले पस्तुत गरेको सचिवको प्रतिवेदन, कोषाध्यक्ष जयप्रसाद सापकोटा अनुरोधमा उपाध्यक्ष माधवप्रसाद सिग्देलवाट प्रस्तुत कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक ज्ञानेन्द्रप्रसाद सिग्देलको वार्षिक प्रतिवेदन सोही सभावाट पारित भएको छ ।
सभाले पत्रकार शोभाकान्त सिग्देललाइ प्रेस संयोजकमा चयन गरेको छ । सहकारीका उपाध्यक्ष माधवप्रसाद सिग्देलले धन्यवाद ज्ञापन गर्दै सहकारी स्थापनामा सहभागी व्यक्ति देखी भद्रकाली चोकमासुरु भएपछि आज सम्मका सवै अग्रजहरुलाइ स्मरण गरे । कार्यक्रममा सहकारीका महाप्रवन्धक अपिल कोइरालाले २३ औं वार्षिक साधारण सभामा सुझाव एवं सदस्य सहभागिता फारमवाट आएको जिज्ञासा मेटाउने प्रयास गरे । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तीर्थबहादुर बस्नेतको अध्यक्षतमा भएको कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक ज्ञानेन्द्रप्रसाद सिग्देल, सल्लाहकारद्धय नारायण प्रसाद पराजुली, श्याम कुमार शर्मा, शिक्षा उप समितिका सदस्य गोविन्द सिग्देल, शेयर सदस्य अर्जुन सिग्देल लगायत वोलेको कार्यक्रममा संचालन सचिव शान्त कुमार श्रेष्ठले संचालन र संचालक समितिका सदस्य शारदा पराजुली(सिग्देल)ले सहकारीका सात सिद्धान्तहरु बाचन गरिन । सभा सकिए लगतै शेयर सदस्यरुलाइ १८ प्रतिशत लाभांस पनि सहकारीले जम्मा गर्ने काम सुरु गरेको छ ।
पत्रकार सिग्देल कोनको प्रेस संयोजक चयन
पत्रकार सिग्देल कोनको प्रेस संयोजक चयन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु