काठमाडौंंः दशैंको बेला मनसुन हटेर बर्षा रोकिनुपर्ने बेला भएपनि अझै केहि समय बर्षा हुने जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।
विभागले यस वर्षको मनसुनको समयावधि अक्टोबर २ सम्म तोकेको भएपनि मनसुनको प्रभाव अझै कायम रहने जनाएको हो ।
विभागले यसै वर्षदेखि मनसुन बाहिरिने मिति अद्यावधिक हुँदै सेप्टेम्बर २३ बाट बढेर अक्टोबर २ सम्म तय गरेको हो । यो अवधिको मिति अबको ३० वर्षसम्म कायम रहनेछ । मनसुन सुरु हुने मिति पनि एक दिन पछाडि सरेर जुन १० बाट ११ जुन तय गरिएको छ । अझै पनि नेपालमा मनसुनको पूर्वीय वायु नै सक्रिय छ । जसका कारण देशका धेरै भू–भागमा बदलीसहित वर्षा भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागले मनसुन बाहिरिनका लागि पश्चिमी वायु सक्रिय हुनुपर्ने, न्यूनचापीय रेखा बन्न र जल वाष्पको आवतजावतमा कमी आउनुपर्ने जनाएको छ । तर, अहिलेसम्म त्यसो हुन नसकेको र पश्चिमी वायुको गतिले पूर्वीय वायु विस्थापित गरेर आकाशमा पश्चिमी वायुको प्रभाव बढेपछि मात्र मनसुन नेपाल बाहिरिने मौसमी प्रवृत्ति रहँदै आएको छ । त्यसो नभएकै कारण यस वर्ष मनसुनी अवधि थप लम्बिने सम्भावना बढेको हो ।
मनसुन अझै केहि समय सक्रिय रहने
मनसुन अझै केहि समय सक्रिय रहने

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु