काठमाडौँ – नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको निर्माणाधीन घरको चार तलामाथिबाट खसेर मृत्यु भएको छ।
काठमाडौँ-७ बुलबुलेमा चतुर्वेदीको बिहीबार बिहान ९ बजे शव फेला परेको हो। प्रहरीले चतुर्वेदीले आत्महत्या गरेको हुन सक्ने आशंका गरेको छ। सिसिटिभी फुटेजका आधारमा उनले हाम फालेको जस्तो देखिएको काठमाडौँ प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए।
उनका अनुसार चतुर्वेदी डिप्रेसनको बिरामी भएको पाइएको छ। उनले त्यसको औषधिसमेत सेवन गरिरहेको पाइएको छ। निर्माणाधीन घर भने उनको थिएन। चतुर्वेदी भष्ट्राचार मुद्धामा दोषी ठहर भएर कैद बसेका थिए।
तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको इजलासले २०६८ सालमा चतुर्वेदीलाई भ्रष्टाचारी ठहर गर्दै १ करोड ३९ लाख जरिवाना, विभिन्न चल र अचल सम्पत्तीको जफत र डेढ वर्ष कैद हुने फैसला गरेको थियो ।