काठमाडौं-चन्द्रागिरी नगरपालिका(३ थानकोट डेरा गरी बस्ने एक महिलालाई जबरजस्ती डरत्रास देखाई अपहरण गरी भक्तपुर चाँगुनारायण नगरपालिका(१ सरस्वतीखेलस्थित घरमा बन्धक बनाएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका(६ बस्ने ३७ वर्षीय धिरोज श्रेष्ठ र भक्तपुर चाँगुनारायण नगरपालिका(१ सरस्वतीखेल बस्ने २९ वर्षीया रसिला अवाल रहेका छन् ।
उक्त घटनाको अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पीडित महिलालाई बन्धक बनाई राखेको रसिलाको घरबाटै उद्धार गर्नुका साथै घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी परीसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।
महिलालाई अपहरण गरी बन्धक बनाउने दुई पक्राउ
महिलालाई अपहरण गरी बन्धक बनाउने दुई पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु