धनुषाः धनुषामा दुई जना छोराको हत्या गरी एक महिलाले आत्महत्या गरेकी छन्।
नगराइन नगरपालिका(७ फुलगामाकी २४ वर्षीया गुडिया साहले शुक्रबार साँझ ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहलाई डोरीले घाँटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ।
दुबै छोराको हत्यापछि घरमै रहेको सिलिङ फ्यानमा पासो लगाएर गुडियाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।
उनका अनुसार घटनाका बेला गुडियाका श्रीमान गुरुदेव साह कामको सिलसिलामा जनकपुर आएका थिए।
घरमा कोही नभएको बेला चर्को स्वरमा डिजे साउण्ड बजाएर गुडियाले छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ।
‘चिच्चयाएको आवाज बाहिर नसुनिउन भनेर चर्को साउण्डमा गीत बजाएको देखिन्छ। ढोका बन्द गरी पहिले जेठा छोरालाई घाँटीमा ब्लेडले चिरेर मार्ने प्रयास गरेकी छन्। तर हिम्मत नपुगेपछि कपडाले घाँटी च्पापेर मारेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘जेठा छोरालाई नरिवलको डोरीले कसेर मारिछन्। त्यहीँ डोरीले झुण्डिएर आफू पनि आत्महत्या गरिछन्।’
घटनास्थलबाट गुडियाले प्रयोग गर्ने मोबाइल फुटेको अवस्थामा बरामद भएको छ।
प्रहरीका अनुसार १० वर्षअघि गुडिया र गुरुदेव साहले प्रेम विवाह गरेका थिए।
तर गुडियाका आमाबुवाले उनीहरूको विवाह स्वीकार नगरेको अनुन्धानमा खटिएको ती प्रहरीले बताए।
‘गुडियाको माइती पक्षले सम्बन्ध मन नपराएको देखिन्छ। बिहे गरेदेखि बोलचाल, कुनै समबन्ध छैन,’ उनले भने।
घटनाको कारण खुलिनसकेको डिएसपी बस्नेतको भनाइ छ।
तीनै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए।
गीत घन्काउँदै दुई छोरा मारेर आमाद्धारा आत्महत्या
गीत घन्काउँदै दुई छोरा मारेर आमाद्धारा आत्महत्या

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु