धनगढी–अछामको पन्चदेवल बिनायक नगरपालिका १ कुइकामा आईतवार राति जन्त गएर फर्किएको जीप दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा १५ बढि घाईते बनेका छन । मृत्यु हुनेमा पन्चदेवल बिनायक नगरपालिका २ का १४ वर्षीय जीवन न्यौपाने, सोही वडाका १८ वर्षका सर्भ बोहरा र वडा नम्बर ३ का १७ वर्षका जीवन जैसी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
यस्तै सोही वडाका १७ वर्षीय हिमाल नेपालीको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ।
घाइते १५ जना मध्ये १३ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइहेको छ भने २ जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ।