पोखराः ग्रामिण पर्यटकिय क्षेत्रको पहिचान, अध्ययन र अवलोकनमार्फत पर्यटनको विकाससँगै स्वास्थ्य तन्दूरुस्ती बढाउने उदेश्यले संचालित हाईकर्स अभियानको टोली शनिवार नुवाकोट दरवार र काला भैरव मन्दिरमा पुगेको छ ।
हरेक महिनाको अन्तिम शनिवार आयोजना गरिने हाइकिङको २० औं श्रृङ्खला स्याङ्जाको फेदीखोला–२, नुवाकोटस्थित कालाभैरब मन्दिर तथा नुवाकोट दरबारमा पुगेको हो ।
हाइकर्स क्लबको समुहलाई फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले स्वागत गर्दै हाइकर्स क्लबले ग्रामिण पर्यटनको प्रवद्र्धनमा उल्लेख्य योगदान गरेको वताए ।
हाइकर्स क्लब नेपालका उपाध्यक्ष तथा हाइकिङ संयोजक पत्रकार कृष्ण रानाभाटले स्वास्थ्य पर्यटनको लागि हाइकिङ भन्ने नाराका साथ विगत दुइ वर्षदेखि संचालित हाइकिङ अभियान सहभागीहरुको व्यक्तिगत खर्चमा हुँदै आएको वताए । उनले ग्रामिण पर्यटनको प्रवद्र्धनात्मक र स्वास्थ्य जीवनको परिकल्पनाका साथ आयोजित कार्यक्रमलाई गाउँपालिकाले स्वागत गरेर सहभागिहरुको हौसला बढाएकोमा धन्यवाद व्यक्त गरे ।
बृहत फेदीखोला पोखरा सम्पर्क समाजका अध्यक्ष कृष्णबहादुर क्षेत्री, फेदीखोला वडा नं. १ रामकोटमा रहेको रामकोट सामुदायीक होमस्टेका अध्यक्ष तथा फेदीखोला पोखरा सम्पर्क समाजका संस्थापक अध्यक्ष अविलास गुरुङले हाइकर्स क्लबले फेदीखोला गाउँपालिकाका धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा हाइकर्स क्लबले आफ्नो श्रृङ्खलामा समेटेकोमा धन्यवाद दिदैं आगमी दिनहरुमा पनि अन्य स्थानहरुको प्रचारप्रसारमा सहयोगको अपेक्षा राखेका थिए ।
हाइकिङमा सहभागी पत्रकार मनोज घर्तिमगर, युवा व्यवसायी प्रितम सेन, टिका आचार्य, रविन शाही, मोहन खत्री लगायतले हाइकिङले गण्डकी प्रदेशभित्रका पर्यटकीय स्थानहरुको खोजी गरी हाइकीङ मार्फत प्रवद्र्धन गर्न सके अझ सुनमा सुगन्ध हुने वताए ।
हाइकिङमा सहभागीहरुले स्याङजाको पुरानो सदरमुकाम नुवाकोट, शाहवंशका आदि पुरुष मुन्चा खानको दरबारको भग्नावशेष, काला भैरव मन्दिर, कालिका मन्दिर तथा निर्माणाधिन भ्यु टावरको अवलोकन गरेको थियो ।
सो अवसरमा रामकोटमा रहेको साइलासाइली होमस्टेका संचालक साइलासाइलीले हाइकीङमा सहभागीहरुलाई पुष्प गुच्छा र खादाले स्वागत गरेका थिए ।
नुवाकोट दरबार र कालाभैरव मन्दिरमा हाईकर्स