मोरङ – सुरक्षागार्डलाई गोली प्रहार गरी मोरङको धनपालथान गाउँपालिकास्थित सिटिजन्स बैंकमा लुटपाट भएको छ ।
दशैंको बेला बैंकमा भीड भएको मौका छोपि तीन जनाको समुहले गार्डलाई पिठयूँ र घाँटीमा गोली हानेर रकम लुटेर लगेका थिए । दिउँसो तीन बजेतिर बैंकमा पसेको समुहमाथि शंका लागेर रोक्न खोज्दा लुटेराले गोली प्रहार गरेका प्रहरीले बताएको छ । लुटेराहरुले कति रकम लगे भन्ने बारेमा यकिन नभएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले लुटेराहरुको खोजि भइरहेको र घाईते गार्ड शीतल कुँवरलाई उपचारको लागि बिराटनगरको न्यूरो अस्पतालमा लगिएको जानकारी दिए ।
उनले बैंकका कर्मचारीले लुटिएको रकमबारे तथ्यांक मिलाउने क्रम भइरहेको जानकारी दिए ।
घटना र लुटेराबारे थप अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए।