मुगुः खचाखच यात्रु बोकेको बस मुगुको छायाँनाथ रारा नगरपालिका ७ स्थित भीरवाट खस्दा कम्तिमा २३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १८ जना भन्दा बढि घाईते बनेका छन ।
नेपालगञ्जवाट छुटेको बस मुगुको गमगढी जाँदै गरेको बस रारा नगरपालिकाको वडा नं ७ र ८ को सिमास्थित झ्यारी खोलामा खसेर दुर्घटनाग्रस्त बनेको थियो । करिव ७० यात्रु बोकेको बस मुगु प्रवेश गरेर ५ किलोमिटर पार भएपछि झ्यारीखोलामा २ सय मिटर तल भीरवाट खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टले घटनास्थलमा अहिले स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीको टोलीले उद्धार जारी राखेको वताए । मंगलबार दिउँसो २ बजेतिर भएको दुर्घटनामा २३ जनाको मृत्यु भएको र १८ बढि घाईते बनेका उनले वताए । घटनास्थलमा अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धारमा जुटेका छन्। ।
बसभित्र च्यापिएका धेरै यात्रुको उद्धार गर्ने प्रयास भईरहेकोले अझ मृतक र घाईतेको संख्या बड्न सक्ने प्रहरीले जनाएको छ ।
छायानाथ नगरकी उपप्रमुख सुन्तला रोकायाले बाँकेको नेपालगञ्जबाट मुगुको गमगढीका लागि छुटेको यात्रुवाहक बस वडा नम्बर ७ र ८ को सीमामा पर्ने घ्यारीखोलामा दुर्घटनामा परेको जानकारी दिइन्। ।
मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बस क्षतिग्रस्त बसबाट २३ यात्रुको शव निकालिएको जानकारी दिदै गम्भिर घाईतेलाई हेलिकप्टर जहाजमार्फत अस्पताल लैजानका लागि बिमानस्थलमा लगिएको जानकारी दिए ।
दशैंका बेला कच्ची र अप्ठारो सडकमा पुराना बस र जीपले चल्ने र क्षमता भन्दा वढि यात्रु बोक्ने भएकोले बढि दुर्घटना हुने गरेको छ । सोमवार कास्कीको घान्द्रुकमा कास्की नयाँपुल घर भएका जीप चालकसहित काठमााडौंका सात बिद्यार्थीको दुर्घटनामा मृत्यु भएको थियो । अघिल्लो दिन आईतवार स्याङ्गजामा २ र अछाममा ४ यात्रुको जीप दुर्घटनामा ज्यान गएको थियो ।
हरेक बर्ष दशैंमा ग्रामिण सडकमा क्षमता भन्दा बढि यात्रु बोक्ने सवारी साधन र अप्ठारा बाटोका कारण दर्जनौ नागरिकले ज्यान गुमाउँदै आएपनि राज्य र सरोकारवाला निकायले सुरक्षाको लागि ध्यान दिने गरेका पाईदैन ।
मुगुमा बस भीरवाट खस्दा २३ को मृत्यु
मुगुमा बस भीरवाट खस्दा २३ को मृत्यु
"ग्रामिण सडकमा क्षमता भन्दा बढि यात्रु बोक्ने सवारी साधन र अप्ठारा बाटोका कारण दर्जनौ नागरिकले ज्यान गुमाउँदै आएपनि राज्य र सरोकारवाला निकायले सुरक्षाको लागि ध्यान दिने गरेका पाईदैन । "

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु