मुगुः छायाँनाथ रारा नगरपालिका ७ स्थित झ्यारी खोलामा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
मृतकहरुमध्ये २४ जनाको घटनास्थलमै, ४ जनाको मुगुको ताल्चा विमानस्थलमा ल्याउँदै गर्दा र चार जनाको नेपालगंज ल्याईसकेपछि उपचारकोक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले दुर्घटनामा ३२ जनाको मृत्यु भएको पुष्टि गर्दै मृतकहरुको सनाखत सकिएपछि पूर्ण बिवरण आउने वताए ।
घाईतेहरुमध्ये सामान्य एक जनाको मुगु जिल्ला अस्पताल र बाँकीलाई नेपाली सेनाको हेलिकप्टर र जहाजमार्फत नेपालगंज ल्याईएको आवरअलन्यूजलाई वताए । र्
नेपालगंज ल्याईएका १६ घाईतेमध्ये ४ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु हुन पुग्यो,’ प्रहरी उपरीक्षक श्रेष्ठले भर्ने यसअघि घटनास्थलमा २० जना र ४ जनाको ताल्चा विमानस्थलमा लैजादै गर्दा वाटोमै मृत्यु भएको थियो ।’
प्रवक्ता श्रेष्ठले अहिले मुगु अस्पतालमा १ जना घाईते र १२ जनाको नेपालगंजमा नै उपचार भईरहेको जानकारी दिए ।
उनले घाईते र मृत्यु हुनेको संख्या हेर्दा बसमा कम्तिमा ४५ यात्रु भएको अनुमान गर्दै विकट र अप्ठारो डाँडामा बस भीरवाट कम्तिमा २ सय ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको वताए ।
घटनास्थल डाँडा र विकट क्षेत्रमा भएकोले स्थानीयवासीको सहयोगमा सुरक्षा निकायका सबै टिमले घाईतेहरुको उद्धार गरेका प्रवक्ता श्रेष्ठले जानकारी दिए । र्
घटनास्थलवाट मृतकको शव निकालेर नेपाल आर्मीको ट्रक र अर्को गाडीमा राखेर सनाखत र पोष्टमार्टमको लागि जिल्ला अस्पताल मुगुमा ल्याईएको छ,’ श्रेष्ठले भर्ने घटनास्थलमा बसका यात्रुहरुको झोला र अन्य सामानहरु छरपष्ट छिरल्लिएकाले प्रहरीले ती सामानहरु खोजेर संकलन गर्ने काम जारी राखेको छ ।’
प्रवक्ता श्रेष्ठले घटनास्थल सदरमुकामबाट टाढा र विकट ठाउँमा भएकोले सम्पर्क र सूचना संकलनमा टावर नटिप्ने र सेटले राम्रो काम नगर्दा समस्या आएको वताए ।
नेपालगञ्जवाट छुटेको बस मुगुको गमगढी जाँदै गरेको बस रारा नगरपालिकाको वडा नं ७ र ८ को सिमास्थित झ्यारी खोलामा खसेर दुर्घटनाग्रस्त बनेको थियो । बस मुगु प्रवेश गरेर ५ किलोमिटर पार भएपछि झ्यारीखोलामा भीरवाट खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टले घटनास्थलमा स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीको टोलीले उद्धार गरेका वताए । मंगलबार दिउँसो २ बजेतिर भएको दुर्घटनापछि घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धारमा जुटेका थिए ।
घटनास्थल डाँडामा भएको र बसभित्र यात्रु च्यापिएकोले उद्धारमा समस्या भएको थियो ।
छायानाथ नगरकी उपप्रमुख सुन्तला रोकायाले बाँकेको नेपालगञ्जबाट मुगुको गमगढीका लागि छुटेको यात्रुवाहक बसमा ७० यात्रुले यात्रा गरेको वताईन । दशैंका बेला कच्ची र अप्ठारो सडकमा पुराना बस र जीपले चल्ने र क्षमता भन्दा वढि यात्रु बोक्ने भएकोले बढि दुर्घटना हुने गरेको छ । सोमवार कास्कीको घान्द्रुकमा कास्की नयाँपुल घर भएका जीप चालकसहित काठमााडौंका सात बिद्यार्थीको दुर्घटनामा मृत्यु भएको थियो । अघिल्लो दिन आईतवार स्याङ्गजामा २ र अछाममा ४ यात्रुको जीप दुर्घटनामा ज्यान गएको थियो ।
हरेक बर्ष दशैंमा ग्रामिण सडकमा क्षमता भन्दा बढि यात्रु बोक्ने सवारी साधन र अप्ठारा बाटोका कारण दर्जनौ नागरिकले ज्यान गुमाउँदै आएपनि राज्य र सरोकारवाला निकायले सुरक्षाको लागि ध्यान दिने गरेका पाईदैन ।