मुगुः मुगुको छाँयानाथ रारा नगरपालिका ७ पिनाटपने झ्यारीखोलामा भएको बस दुर्घटनामा २२ पुरुष र १० महिलाले ज्यान गुमााएका छन ।
नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलवार दिउँसो १ बजेतिर झ्यारीखोलाको भीरवाट करिव २ सय ५० मिटर तल खस्दा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा १३ जना गम्भिर घाईते बनेका छन ।
मृतकहरुमध्ये अधिकांश छाँयानाथ रारा नगरपालिकाका बासिन्दा भएको वताईएपनि मंगलवार रातिसम्म वसका चालक सहित चारको सनाखत भएको छ । मृत्यु हुनेमा वसका चालक दलवहादुर रावत, मुगु छायानाथ नगरपालिका १ का १८ वर्षीय चन्द्रप्रसाद भाम, वडा नं ७ का १२ वर्षीय आदित्यबिक्रम शाही, वडा नं ८ का टोपबहादुर विष्टको मात्रै सनाखत हुन सकेको छ । घटनापछि स्थानीयवासीहरु शवको पहिचान गर्न मुगु जिल्ला अस्पतालमा आउनेक्रम बड्दो भएपनि गम्भीर चोट लागेर क्षत विपक्ष भएकोले पहिचान हुन समस्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बसको चालकको सिट तलको चक्का पन्चर भएर दुर्घटना भएको अनुमान गरेपनि यकिन तथ्य खुलेको छैन ।
दुर्घटनामा पर्नेहरु मध्ये अधिकांश रोजगारिका लागि जिल्ला वाहिर पुगेका र वडा दशैं मनाउन घरमा फर्केकाहरु हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा मृतक र घाईतेको झोला, कपडा, खानेकुरा लगायतका सामाग्रीहरु जताततै छरिएको अवस्थामाा भेटिएका थियो ।
दुर्घटनामा पर्नेहरु मध्ये अधिकांश रोजगारिका लागि जिल्ला वाहिर पुगेका र वडा दशैं मनाउन घरमा फर्केकाहरु हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा मृतक र घाईतेको झोला, कपडा, खानेकुरा लगायतका सामाग्रीहरु जताततै छरिएको अवस्थामाा भेटिएका थियो ।
मृतकहरुमध्ये २४ जनाको घटनास्थलमै, ४ जनाको मुगुको ताल्चा विमानस्थलमा ल्याउँदै गर्दा र चार जनाको नेपालगंज ल्याईसकेपछि उपचारकोक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले दुर्घटनामा ३२ जनाको मृत्यु भएको पुष्टि गर्दै मृतकहरुको सनाखत सकिएपछि पूर्ण बिवरण आउने वताए ।
घाईतेहरुमध्ये सामान्य एक जनाको मुगु जिल्ला अस्पताल र बाँकीलाई नेपाली सेनाको हेलिकप्टर र जहाजमार्फत नेपालगंज ल्याईएको आवरअलन्यूजलाई वताए । र्
नेपालगंज ल्याईएका १६ घाईतेमध्ये ४ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु हुन पुग्यो,’ प्रहरी उपरीक्षक श्रेष्ठले भर्ने यसअघि घटनास्थलमा २० जना र ४ जनाको ताल्चा विमानस्थलमा लैजादै गर्दा वाटोमै मृत्यु भएको थियो ।’
प्रवक्ता श्रेष्ठले अहिले मुगु अस्पतालमा १ जना घाईते र १२ जनाको नेपालगंजमा नै उपचार भईरहेको जानकारी दिए ।
उनले घाईते र मृत्यु हुनेको संख्या हेर्दा बसमा कम्तिमा ४५ यात्रु भएको अनुमान गर्दै विकट र अप्ठारो डाँडामा बस भीरवाट कम्तिमा २ सय ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको वताए ।
घटनास्थल डाँडा र विकट क्षेत्रमा भएकोले स्थानीयवासीको सहयोगमा सुरक्षा निकायका सबै टिमले घाईतेहरुको उद्धार गरेका प्रवक्ता श्रेष्ठले जानकारी दिए । र्
घटनास्थलवाट मृतकको शव निकालेर नेपाल आर्मीको ट्रक र अर्को गाडीमा राखेर सनाखत र पोष्टमार्टमको लागि जिल्ला अस्पताल मुगुमा ल्याईएको छ,’ श्रेष्ठले भर्ने घटनास्थलमा बसका यात्रुहरुको झोला र अन्य सामानहरु छरपष्ट छिरल्लिएकाले प्रहरीले ती सामानहरु खोजेर संकलन गर्ने काम जारी राखेको छ ।’
प्रवक्ता श्रेष्ठले घटनास्थल सदरमुकामबाट टाढा र विकट ठाउँमा भएकोले सम्पर्क र सूचना संकलनमा टावर नटिप्ने र सेटले राम्रो काम नगर्दा समस्या आएको वताए ।
तस्वीर सौजन्यः तिर्थराज शाही