सल्यानः दशैंमा अरुवेला भन्दा रक्सी र मासु बढि खाने चलन छ । त्यही रक्सी र मासुको कारण सल्यानको वन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका एक वुवाले छोराको हत्या गरेका छन ।
आफुलाई रांगाको थोरै मासु दिएको भन्दै निहुँ खोजिरहेका माझकाँडाका ५५ बर्षिय निमबहादुर कवरले मंगलबार राति रक्सीले मातेर ३३ बर्षिय छोरा रुपलालको हत्या गरेका हुन ।
घरमै बसिरहेको अवस्थामा निमवहादुरले रुपलाललाई खुर्पाले हानेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता एंव प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । अभियुक्त नीमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मासु थोरै दिएको झोंकमा रक्सीले मातेका वुवाद्धारा छोराको हत्या
मासु थोरै दिएको झोंकमा रक्सीले मातेका वुवाद्धारा छोराको हत्या

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु