सिन्धुलीः दशैं मनाउन काटेको मासुको भाउ ठुलो र सानो भएको भन्ने विषयमा बिबाद हुँदा एक युवकको हत्या भएको छ । हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवनका २१ वर्षीय विक्रम लामगादेको राँगाको मासु भाग लगाउनेक्रममा भएको बिबादमा हत्या भएको हो ।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवनकै ३० वर्षीय मेखबहादुर जर्घा मगर र २५ वर्षीय दिनेश जर्घा मगर रहेका छन ।
मेखबहादुर र दिनेशले मासुको भाउ धेरै र थोरै भएको निहुँमा झगडा हुँदा बिक्रमको टाउमा चिर्पट दाउराले प्रहार गरेका थिए । आक्रमणवाट गम्भिर घाईते बनेका बिक्रमको जिल्ला अस्पताल सिन्धुलीमा उपचारकोक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
यसअघि सल्यानमा मासु थोरै दिएको भन्दै माझकाँडाका ५५ बर्षिय निमवहादुर कवरले गत मंगलबार राति रक्सीले मातेर आफ्नै छोरा रुपलालाई खुर्पाले हानेर हत्या गरेका थिए ।
राँगाको मासुको भागवण्डामा झगडा हुँदा युवकको हत्या
राँगाको मासुको भागवण्डामा झगडा हुँदा युवकको हत्या

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु