केरलाः मानव समाजमा शदीयौंदेखि कलंकको रुपमा रहेको दाईजो प्रथाका कारण धेरै महिलाहरुको अनाहकमा ज्यान गएको छ । दुलाहा पक्षले भनेजति दाईजो नपाउँदा दुलहीलाई कुटपीट गर्ने, जिउँदै जलाउने, झुण्डाएर मार्ने लगायतका कुकर्महरु गरेका भेटिन्छन । कतिपयले दिनरात गाली, अपमान, हेला गर्दै चरम शारीरिक र मानसिक यातना समेत दिएका पाईन्छ ।
भारतको केरलामा दाईजोसँग जोडिएको यस्तै एउटा हत्याकाण्डले अहिले चर्चाको बिषय बनेको छ । हत्याराले दाईजो कम ल्याउने श्रीमतिलाई मारेर अर्की युवतीसँग विवाह गर्ने योजनाका साथ गरेको सुनियोजित हत्याको प्रहरीले भण्डाफोर गरेको छ । पहिला दुलहाको घरमा पनि नागले टोकेर सिकिस्त बनेकी २५ बर्षिया उत्तरालाई मााईती घरमा सुतिरहेको बेला फेरि पनि सर्पले टोकेर ज्यान गएपछि माईती पक्षलाई शंका लागेर प्रहरी कहाँ उजुरी गरेपछि अनुसन्धान अघि बढेको थियो । प्रहरीले अनुसन्धानकोक्रममा श्रीमतिको हत्यामा संलग्न सुरजका साथिहरु, सर्प बेच्ने मानिसलाई पक्राउ गर्नुका साथै आफन्तसँग सोधपुछ गर्नुका साथै मारेर गाडिएको सर्पको पोष्टमार्टम गरी डिएनए समेत परीक्षण गरेको थियो ।
अनुसन्धानवाट सुरजले सुरेश नाम गरेको साथिको सहयोगमा सर्प मगाएर यूट्यूव सर्पलाई कसरी नियन्त्रणमा लिने भन्ने तरिका समेत सिकेको खुलेको थियो ।
घटना गत मे ७ तारिखको हो । खाना खाएर माईतीमा सुतिरहेकी श्रीमतिको खाटमा सुरजले झोलामा लगेर सर्प छाडिदिएका थिए । अनि सर्पले श्रीमतिलाई डसेर छट्पटाउँदा समेत प्राण नगइन्जेलसम्म टुलुटुलु तमासा हेरेर बसेका थिए ।
छोरी ओछ्यानमा मृत फेला परेपछि उत्तराका आमा, वुवाले पहिला पनि यस्तै प्रकृतिको घटना घटेको हुनाले शंका गरी अनुसन्धानका लागि प्रहरीमा उजुरी दिएका थिए । घरमा सर्पले डसेर सिकिस्त बनेकी उत्तरालाई तत्काल उद्धार गरी अस्पताल लगेकाले उतिवेला ज्यान जोगिएको थियो । प्रहरीले मेहनतका साथ गम्भिरतापूर्वक अनुसन्धान अघि बढाउँदा अलग्गै ढंगले हत्या भएको पत्ता लागेको थियो । केरलाका डिजिपीले प्रहरीले सूक्ष्मढंगले अनुसन्धान गरेकोले हत्याराले जतिसुकै चलाखी गरेर हत्यामा नयाँ शैली प्रयोग गरेपनि पक्राउ गर्न सफल भएको बताएका छन ।
प्रहरीका अनुसार सर्पदंशका दुइटै घटनामा सूरजको संलग्नता रहेको अनुसन्धानले देखायो । प्रहरीले सर्प दिनेलाई पनि पक्राउ गरेपनि हत्याको साक्षी बनेर हत्यारालाई सजाँय गराउन सहयोग गरेका थिए । अत्यन्तै दुर्लभ घटना भएको भन्दै अभियोजनकर्ताले आरोपित सूरजलाई मृत्युदण्डको सजाय माग गरेका थिए । दुर्लभ घटना भएको कुरामा सहमत न्यायाधीशले सूरजलाई दोहोरो आजीवन कारावासको सजाय सुनाएका छन । अदालतले सूरजलाई पाँच लाख भारतीय रुपैयाँ जरिवाना पनि सुनाएको छ ।
-समाचार एजेन्सीहरुको सहयोगमा
धेरै दाईजो नल्याउँदा गोमन सर्पले डसाएर श्रीमतिको हत्या
धेरै दाईजो नल्याउँदा गोमन सर्पले डसाएर श्रीमतिको हत्या
" श्रीमतिले भनेजति दाईजो नल्याएको भन्दै शारीरिक र मानसिक यातना दिदै आएका सुरजले अर्की युवतीसँग विवाह गर्नका लागि योजनावद्ध ढंगले गोमन सर्पले डसाएर हत्यालाई ढाकछोप गर्ने असफल प्रयास गरेका थिए । "

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु