गुल्मीः दशैं मनाउन गाउँ फर्कदै गरेका यात्रु बोकेको जीप गुल्मीको रेसुंगा नगरपालिका १०, छहरामा दुर्घटनागस्त हुदाँ तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा दुई महिला र एक पुरुषको ज्यान गएको हो भने ६ जना घाईते बनेका छन ।
बुटवलवाट तम्घासतर्फ आउँदै गरेको लु १ ज ४४९० नम्बरको जीप विहीवार राति अनियन्त्रित भएर भीरवाट करिव पाँच सय मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जीप दुर्घटनामा मुसिकोट नगरपालिका २ का ७० बर्षिय क्षेत्रबहादुर थापा, ४६ बर्षिया राधिका थापा र १९ वर्षीया संगिता सुनारको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा ६ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका वडा नम्बर २ निवास २६ वर्षका कमल थापा, सोही स्थान निवासी ४३ वर्षकी खिमा थापा, ३८ वर्षकी जुना थापा,२६ वर्षका राजु थापा,४७ वर्षकी सुमित्रा सुनार र भरतपुर महानगरपालिका निवासी ५० वर्षकी राधा केसी घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।सदरमुकाम तम्घास नजिकै दुर्घटना भएका कारण तत्कालै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले राति नै उद्धार गरेको थियो ।
जीप दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु, ६ घाईते
जीप दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु, ६ घाईते

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु