काठमाडौः नेपाली फुटवल टिम आजको शनिवार एउटा ऐतिहासिक प्रतिस्पर्धा गर्दैछ । साफ च्याम्पियनसिपको ईतिहासमा पहिलो पटक उपाधि नजिक पुगेको नेपाली फुटवल टिमले भारत बिरुद्धको प्रतिस्पर्धामा जित हासिल गरेमा सुनौलो ईतिहास रचिनेछ ।
माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार राति ८ः ४५ पौने नौ बजदेखि शुरु हुने नेपाल र भारत बिच हुने प्रतिस्पर्धाले साफ च्याम्पियनसिपको हकदारको छिनोफानो गर्नेछ । साफ च्याम्पियन सिप सन् १९९३ देखि शुरु भएपनि पहिला सेमिफाईनलभन्दा कहिल्यै माथि उक्लन नसकेको नेपालका लागि फाईनल प्रतिस्पर्धा पनि ऐतिहासिक किर्ति हो । बलियो प्रतिस्पर्धीलाई जितेर उपाधि कव्जा गर्न सकेमा सुनौलो ईतिहास रचिनेछ ।
नेपालका लागि सुनौलो ईतिहास सिर्जना गर्न पक्कै पनि सजिलो हुनेछैन । सात पटक साफ च्याम्पियनको उपाधि उचालेको भारत योसहित १२ औं पटक फाईनल खेल्न लागेको हो । १३ संस्करणमध्ये सन् २००३ मा मात्रै भारतको फाईनल यात्रामा तगारो लागेको थियो ।
साफको ईतिहासमा नेपालको पहिलो फाईनल
साफ च्याम्पियनसिपको फुटवल ईतिहासमा नेपाल पहिलोपटक उपाधिका लागि बलियो प्रतिस्पर्र्धी भारतसँग भीडदैछ ।
सन १९९३ मा भएको सार्क गोल्डकपलाई पहिलो संस्करण मान्दा नेपाल २८ वर्षपछि पहिलो पटक उपाधिका लागि भिडन लागेको हो । यसपटकको फाइनल अगाडि नेपालले ४२ प्रतिस्पर्धा पार गरिसक्यो । राउन्ड रोबिनका आधारमा चलेको अहिलेको प्रतियोगितामा चार खेल पनि पर्छन । यी चार खेलमध्ये नेपालले सुरुआती दुई प्रतिस्पर्धामा माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । त्यस लगतै नेपाल भारतसँग पराजित भएको थियो । निर्णायक खेलमा भने नेपालले बंगलादेशलाई बराबरीमा रोकेको थियो । भारतले भने सुरुआती दुई खेलमा बराबरी खेलेको थियो, बंगलादेश र श्रीलंकाविरुद्ध । त्यसपछि उसले नेपाल र माल्दिभ्सलाई हराएको हो ।
भारतविरुद्ध नेपाल
साफ च्याम्पियनसिपको इतिहासमा नेपाल र भारतबीच सात खेल भएकोमा नेपाल एक खेलमा मात्र विजयी बनेको छ । सन् २०१३ मा नेपालले काठमाडौंमा भएको प्रतियोगितामा भारतमाथि २–१ को ऐतिहासिक जित निकालेको थियो । नेपाल बाँकी पाँच खेलमा भने पराजित रहेको छ । नेपाल २०१५ को साफ च्याम्पियनसिपमा पनि भारतसँग पराजित भएको थियो । भारतको केरलामा भएको त्यस खेलमा नेपाल ४–१ ले पराजित भएको थियो । यी दुई टिमबीचका पछिल्ला पाँँच खेलमा भारत चारमा विजयी रहेको छ ।
एक भने बराबरीमा टुंगेको छ । नेपालले अन्तिम पटक पछिल्लो महिना काठमाडौंमा भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा भारतलाई १–१ को बराबरीमा रोकेको थियो । त्यति बेला नेपालले भारतसँग दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यसको दोस्रो खेलमा भने नेपाल २–१ ले पराजित भएको थियो ।
अल्मुताइरी ‘डगआउट’ मा नहुने
यसपालिको फाइनलमा दुवै टिमका प्रशिक्षक नेपालका अब्दुल्लाह अल्मुताइरी र भारतका इगोर स्टिमेक दुवैले टेक्निकल एरियामा रहेर आफ्ना खेलाडीलाई निर्देशन दिन पाउने छैनन । दुई पहेँलो कार्डका कारण अल्मुताइरी नेपालका लागि आफ्नो अन्तिम खेलमा यो अवसरबाट वञ्चित भएका हुन । बंगलादेशविरुद्धको खेल पछि उनले फाइनल नेपालका लागि आफ्नो अन्तिम खेल हुने बताएका थिए । त्यसको एकदिनपछि उनलाई ‘डगआउट’ मा बस्न नपाउने पत्र दिइएको थियो ।
भारतीय प्रशिक्षक स्टिमेकले माल्दिभ्सविरुद्धको खेलमा सिधै रातो कार्ड पाएका थिए, त्यसैले उनी पनि ‘डगआउट’ मा हुने छैनन् । नेपालका लागि प्रतियोगितामा अहिलेसम्म सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडीमध्ये एक रहेका अञ्जन विष्टले पनि फाइनल गुमाउने छन । उनी पनि दुई पहेँलो कार्डको मारमा परेका हुन ।
नेपाल आठौं फाइनलमा
नेपाली राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय फुटबलमा खेल्न लागेको यो आठौं फाइनल हुनेछ । यसअघिका सात फाइनलमध्ये नेपाल पाँच पटक विजयी रहेको छ र यसमध्ये दुई फाइनल भारतविरुद्ध रहेको छ । यस्तोमा यसपटकको फाइनल नेपाल र भारतबीचको तेस्रो उपाधि भिडन्त हुनेछ । नेपालले सन् १९८४, १९८७ , १९९३ र १९९९ को दक्षिण एसियाली खेलकुदको फुटबल फाइनल खेलेको थियो ।
त्यसमध्ये दुई टिम संलग्न भिडन्तमा सन् १९८७ मा भारत विजयी रह्यो भने सन १९९३ मा नेपाल । त्यसयता नेपालले सन २०१६ को बंगबन्धु गोल्डकप, सन २०१६ को एएफसी सोलिडारिटीकप र सन २०२१ को थ्री नेसन्स कप फाइनल खेलेको थियो र यी तीनैमा नेपाल विजयी रहेको छ । बंगबन्धु गोल्डकपको फाइनल भने बहराइनको यू २३ टिमविरुद्ध थियो ।
रोहितको ७४ औं क्याप
नेपालका लागि रोहित चन्दले शनिबारको फाइनलमा खेल्ने निश्चित जस्तै छ । उनी त्यस उपलब्धीबाट गुज्रने हो भने त्यो नेपालका लागि ७४ क्याप हुनेछ र यसक्रममा उनले पूर्व कप्तान विराट महर्जनलाई उछिन्ने छन र हुनेछन, नेपालका लागि सर्वाधिक खेल्ने दोस्रो खेलाडी । विराजले थ्री नेसन्सकप खेल्ने क्रममा कीर्तिमान ७३ औं क्याप जितेका थिए । पछि त्यसलाई उछिनेर अहिलेका कप्तान तथा गोलरक्षक किरण लिम्बू नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी भएका थिए । बंगलादेशविरुद्धको पछिल्लो खेल किरणको ७८ औं क्याप थियो । त्यसै खेलमा रोहितले ७३ औं क्याप जिते र अब उनी आउटफिल्डमा नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी पनि हुनेछन ।
नेपाली टोलीका प्रशिक्षक र कप्तानले प्रि म्याच कन्फ्रेन्सुमा जितका लागि मैदानमा उत्रिने बताएका छन्। । भर्चुअल पत्रकार सम्मेलनमा नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले फाइनल प्रतिस्पर्धा एकदमै कडा भएपनि जितका लागि मैदानमा उत्रिने बताए । ।
नेपाली टोलीका कप्तान किरणकुमार चेम्जोङले फाईनल प्रतिस्पर्धाका लागि नेपाली टिम तयार रहेको जानकारी दिदै बोलेर भन्दा खेलेर देखाउने बताए ।
उनले खेलको अन्तिम मिनेटसम्म पनि गोर्खाली शैलीमा उपाधिका लागि भीड्ने बताए ।