भरतपुर- दलित समुदायलाई बर्षौदेखि प्रवेश निषेध गरिएको दुर्गाको मन्दिरमा सामुहिक पुजा गर्न पाउनुपर्ने माग राख्दा चितवनको भरतपुरमा एक दलितमाथि निर्घात कुटपीट गरी ज्यान लिईएको छ । दलितलाई पुजा निषेध गरिएको दुर्गाको मन्दिरमा भरतपुर महानगरपालिका ४, का ५८ बर्षिय भिमवहादुर विकलाई कुटपीट गरी हत्या गरिएको हो ।
मृतकका आफन्तले दलितले पनि मन्दिरमा पुजा गर्न पाउनुपर्ने माग राख्दा भिमवहादुरमाथि कुटपीट गरी ज्यान लिईएको वताएका छन । कथित उपल्लो जातिका भनिनेहरुले भीमवहादुरले मदिरा सेवन गरी हो हल्ला गरेकोले केहिले कुटपीट गर्दा ज्यान गएको दावी गरेका छन ।
कुटपिट गरी ज्यान लिईएका भरतपुर महानगरपालिका ४, का ५८ बर्षिय भिमवहादुर विक
दशैको महानवमीको दिन अशोज २८ गते भरतपुर महानगरपालिका ४ स्थित दुर्गा मन्दिरमा पुजाको कार्यक्रम भइरहेका बेला पुगेका दलितहरुले पुजा गर्न पाउनु पर्ने माग राखेका स्थानीय दलित अधिकारकर्मीहरुले वताएका छन ।
विकलाई स्थानीय सीताराम बस्नेत र दिलीप श्रेष्ठले कुटपिट गरी ज्यान लिएका स्थानीय प्रत्यक्षदर्शीले वताएका छन ।
हामी दलितहरूले दुर्गा मन्दिरमा बोकाको बलि दिन पाउने कि नपाउने भनेर भन्दा मन्दिर नजिकै घर भएका सीतारामले नहुँदो कुरा बढी बोल्छस, त कामीले मन्दिर पस्ने कुरा गर्छस भन्दै गालीगलौज गरे । पाइपले पिट्दै खेदे,’ स्थानीय दलित अगुवा रणेन्द्र बरालीले भने ‘त्यसैबीच स्थानीय औषधि पसलका सञ्चालक दिलीपले हुत्तिँदै आएर टाउकामा मुक्काले हानेपछि भीमबहादुर ढले । उनलाई अस्पताल लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए । ’
श्रेष्ठ र बस्नेतले विकलाई फलामको पाईप र ईटाले निर्घात कुटपीट गर्दा टाउकाको गिद्दी नै बाहिर निस्केको स्थानीय लछुराम विकले बताए ।
हत्याका विरुद्ध मृतक विश्वकर्माका छोरा किसान विश्वकर्माले जिल्ला प्रहरी कार्यलय चितवनमा जाहेरी दिएका छन । उनले कर्तव्य ज्यान मुद्दा अन्तरगत जाहेरी दिएका हुन ।
श्रेष्ठ र क्षेत्रीलाई जिल्ला प्रहरी कार्यलय चितवनको हिरासतमा राखिएको छ ।
मन्दिर प्रवेशको बिषयलाई लिएर कथित उपल्लो जातिका व्यक्तिको निर्घात कुटपीटवाट ज्यान लिईएका भिमवहादुरको घरमा पुगेका अधिकारकर्मीहरु र स्थानीयवासी ।
हत्याका विरुद्ध वडा अध्यक्ष सहित बिभिन्न पार्टीको २ जना प्रतिनिधि बनाएर भिम बहादुर बिक न्यायिक समिति पनि बनाइएको छ । उक्त समितिले यस घटनाको बिषयमा आवश्यक दवाव दिने काम गर्ने अधिकारकर्मी लछुराम विकले बताए । मृतक भीमबहादुरका परिवारसहित दलित समुदायले मन्दिरमा जातिय विभेदका कारण कुटपीट गरी ज्यान लिनेका बिरुद्ध कडा कार्वाहीको माग गरेका छन । भरतपुरमा सोमबार पत्रकार सम्मेलन गर्दै मृतकका परिवारले मन्दिरमा बोकाको बलि चढाउन पाउनुपर्ने विषय उठाउँदा गैरदलितको आक्रमणबाट भीमवहादुरको मृत्यु भएको वताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले कुटपीटमा संलग्न सीताराम बस्नेत र दिलीप श्रेष्ठलाई पक्राउ गरिएको बताए ।
सीतारामले बिजुलीको तार राख्न प्रयोग हुने पाइपले कुटेपछि भागेका भीमबहादुरलाई मेडिकल सञ्चालक दिलीपले टाउकोमा हानेको डिएसपी थापाले बताए ।
पोस्टमार्टममा पाइपले पिटेको डाम त देखिँदैन तर टाउको पछाडि चोट देखिन्छ,ु थापाले भने ।
मृतककी श्रीमती विन्दु विकले ज्यानै लिने गरी गरिएको आक्रमणमा संलग्नमाथि कडा कार्वाहीको गरी आफुहरुलाई न्याय दिनुपर्ने माग राखिन ।
मृतकका परिवार, दलित संघ संगठन, मानवअधिकारवादी संस्थाहरूले भने दलित भएकै कारण भीमबहादुरमाथि आक्रमण भएको बताउँदै अभियुक्तहरुलाई छानवीन गरी दोषीलाई जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ र ज्यानसम्बन्धी कसुरअन्तर्गत हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन ।
दलित अगुवा रणेन्द्र बराईलीले घटनालाई उपल्लो जातिका केहि व्यक्तिले जातिय विभेद नभएको दावी गर्दै विभेद र हत्याको गम्भिर बिषयलाई मोडन खोजेका वताए । उनले भर्ने दलितमाथि कुटपिट हुनुको पछाडि दलित भनेर हेला गरिनु, दलितले गाली गरयो भनेर अपमानित महशुस गर्नु लगायत कारण लुकेका छन ।’
उनले मादकपदार्थ सेवन गरेर होहल्ला गरेको भए सम्झाउनुपथ्र्र्यो, परिवार बोलाएर जिम्मा लगाउनुपथ्र्र्यो । ज्यानै जाने गरी कुटपिट गर्नु अपराध हो ।
भीमबहादुरका छोरा किसनले दलित र गरिब भएकै कारण आफ्नो बाबुमाथि कुटपिट भएको दाबी गरे ।
बुबालाई अरू कुनै रोग थिएन। राम्रैसँग काम गर्दै आउनुभएको थियो। तर त्यस दिन बिहान उठेर जानुभएको बुबा फर्केर आउनुभएन,’ उनले भनेर्, अस्पताल पुग्दा बुबाको मृत्यु भइसकेको रहेछ । त्यो मन्दिरमा पहिला पनि दलितलाई भित्र पस्न दिदैनथे । बाले दलितले पनि पुजा गर्न पाउनुपर्छ भन्ने गर्नुहुन्थ्यो ।’
कुटपीटवाट ज्यान लिईएका भिमवहादुरको विकको हत्यामा संलग्नहरुमाथि कार्वाहीको माग राख्दै प्रहरीमा दिइएको उजुरी ।