नेपालगञ्ज – राप्ती नदीपारी फसेका चारजनाको मंगलबार बिहान उद्धार गरिएको छ ।
वनकरेली टिप्न राप्तीपारी गएका डुडुवा गाउँपालिका वडा नम्बर ४ का चारजनालाई बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेका हुन् ।
डुडुवा–४, खालेमसाहका ५५ वर्षीय सौखत नाउ, ४५ वर्षीय सब्बीर खाँ, ३० वर्षीय प्रमोद लोनिया र ६० वर्षीय नजिर खाँ बाढीमा फसेका थिए ।
सोमबार अपरान्ह नदी पारी गएका उनीहरु बाढी आएपछि फसेका थिए । सातजना नदी पारी गएकोमा नदीको सतह बढ्न थालेपछि तीनजना साँझ नै घर फर्किएका थिए । चारजना नदी तर्न नसकेर फसेका थिए । साँझ नै प्रहरीलाई खबर गरे पनि रात परेकाले उद्धार हुन सकेको थिएन । बाढीमा फसेकाहरु रुखमा चढेर बसेकाले सकुशल रहेको जानकारी पाएकाले मंगलबार बिहान उद्धार गरिएको थियो ।
बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले नदी पारी गएका चारजना रातभरि फसेको र बिहान उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले रबर बोट, लाइफ ज्याकेट लगाएर उद्धार गरेको जानकारी दिए । ‘उनीहरु रातभरि रुखमा चढेर बसेछन् । बिहान उद्धार गरियो’, प्रवक्ता न्यौपानेले भने ।
आइतबारदेखि परेको पानीले नदी, नालाको सतह बढेको छ । जिल्ला विपद व्यवस्थापन केन्द्रका अधिकृत रुपन ज्ञवालीले राप्ती नदीको सतह बढ्दा पारी गएका चारजना रातभरी फसेको जानकारी दिए ।
बाढिले राप्तीमा फसेका चारको उद्धार
बाढिले राप्तीमा फसेका चारको उद्धार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु