काठमाडौं बेमौषमी बर्षासँगै गएको बाढि र पहिरोमा परेर ज्यान गुमाउनेका परिवारलाई सरकारले जनही २ लाख रुपयाँ दिने भएको छ । घर भत्किएकाहरुलाई भने बनाउनका लागि जनही ५० हजार रुपयाँ दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले मृत्यु भएकाको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र अन्य राहत प्याकेजको घोषणा क्षतिको विवरण आएपछि गर्ने निर्णय गरिने भएको छ ।
वर्षाका कारण आएको बाढी र पहिरोमा परेर देशभर ५० जना भन्दा धेरैको मृत्यु भएको छ ।
बासस्थान भत्किएकालाई प्रतिघर ५० हजार
सरकारले गत तीन दिनयता अविरल वर्षाका कारण वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
बुधबार नै सिंहदरबारमा बसेको विपद् व्यवस्थापन परिषदको बैठकमा वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । बैठकपछि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा। अनिल पोखरेलले बुधबार मध्यन्हसम्म ५२ जनाको बाढी तथा पहिरोमा परेर मृत्यु भएको बताउँदै तत्काल राहतका लागि सरकार लागि पर्ने बताए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गएको तीन दिनमा नेपालले भोग्नुपरेको घटना दुखद् भएको बताउँदै सबै सरोकारवाला निकायहरुलाई तत्काल राहत र उद्धारमा खटिन निर्देशन दिएका थिए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार प्रधानमन्त्री देउवाले बाढी, पहिरोले क्षति पु¥याएको स्थानमा आफैँ जाने पनि बताएका छन् ।
बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई सरकारले २ लाख राहत दिने
बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई सरकारले २ लाख राहत दिने

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु