वालिङ- भीषण बर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्गको भालुपहाड खण्ड अबरुद्ध बनेको छ । पोखरा–स्याङ्जा सडकखण्ड बिहीबार बिहान ३ः३० बजेदेखि अवरुद्ध भएको हो ।
स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडमा ढुङ्गासहितको पहिरो सडकमा थुप्रिएकोले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले ठूलो चट्टानसहितको पहिरो झरेकाले पूर्णरुपमा अवरुद्ध रहेको सडक खुलाउन पहल भइरहेको जानकारी दिए ।
पुतलीबजार नगरपालिका, सडक विभागसँग सहकार्य गरी पहिरो हटाउने काम भईरहेकोले विहान ११ बजेसम्म सडक खुल्ने प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडकमा सयौँ सवारी साधन रोकिएका छन् । पोखरावाट पाल्पा जान हिडेकी पोखरा ५ मालेपाटनकी सुनिता परियार पहिरोले गर्दा विहानैदेखि जाममा परेको वताईन । पाल्पा सदरमुकाममा झरेर थप पाँच घण्टाको जीप यात्रा गरेर गाउँमा जानुपर्ने भएपनि अहिले जाममा परेकोले अलपत्र परेको उनले वताईन ।
चट्टानसहितको ठूलो पहिरो भएकाले सडक खुलाउन समस्या भएको हो । भालु पहाड खण्डमा डाँडा कटान गरी सडक विस्तार गरिएका कारण बेला बेलामा पहिरो जाने र सडक थुनिने भएको छ ।
पहिरोले पोखरा–स्याङ्जाको भालुपहाड सडकखण्ड अबरुद्ध
पहिरोले पोखरा–स्याङ्जाको भालुपहाड सडकखण्ड अबरुद्ध
"पुतलीबजार नगरपालिका, सडक विभागसँग सहकार्य गरी पहिरो हटाउने काम भईरहेकोले विहान ११ बजेसम्म सडक खुल्ने प्रहरीले जनाएको छ । "

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु