धनुषाः कुनै एउटा दलको झण्डा बोकेर कानुन हातमा लिदै अनेक अपराध गर्नेहरु प्रशस्त भेटिन्छन । दलको आवरणमा अपराध गर्नेहरुलाई राजनीतिक संरक्षण हुने भएकोले ऐन, कानुन, नैतिकताको धज्जी उडाउँदै मनपरि गर्ने जत्थाको जगजगी जतासुकै भेटिन्छ ।
राज्यका प्राकृतिक स्रोत साधनको दोहन गर्नेदेखि मन नपरेका व्यक्ति, समुहलाई कुटपीट, अपहरण, हत्या सम्म गरिएका उदाहरण नेपालको परिवेशमा प्रशस्तै पाईन्छ । पछिल्लो पटक सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले धनुषामा यस्तै अपराध गरेका छन । खानेपानी धनुषाका निमित्त प्रमुखलाई अनियमितता गरेको भन्दै अर्धनग्न अवस्थामा बजार घुमाएका छन । शुरुमा घटनाको मुक दर्शक बनेर टुलुटुलु हेरेर बसेको प्रहरीले चौतर्फि कडा आलोचना पछि अपराधमा संलग्न जनमत पार्टीका १३ कार्यकर्तालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएपछि जनमतका अन्य नेता तथा कार्यकर्ताहरु रिहाईको माग गर्दै प्रहरी कार्यालय अघि धर्नामा बसेका छन ।
नाला तथा ढल निर्माणमा अनियमितता भएको राउतका कार्यकर्ताले बिहीबार निमित्त प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए ।
जनकपुरधामको रामानन्द चोकस्थित खानेपानी संस्थानको कार्यालयमा लाठी सहित पुगेका जनमत पार्टीका दर्जनौँ कार्यकर्ताहरूले निमित्त प्रमुख यादवलाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर नगर परिक्रमा गराएका थिए । कार्यकर्ताहरुले निमित्त प्रमुख यादवको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर अर्धनग्न रुपमा दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए ।
अविरल वर्षातका कारण जनकपुरधाम जलमग्न भएपछि आक्रोशित सिके राउतका कार्यकर्ताले निमित्त प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका हुन् ।
यादवलाई यसरी नगर परिक्रमा गराई रहँदा प्रहरी प्रशासन भने मुकदर्शक बनेको थियो ।
जनमत पार्टीका नेता कार्यकर्ताहरुले प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह विरुद्ध चर्को नारावाजी समेत गरेका थिए ।
कार्यालय प्रमुखमाथि दुर्व्यहार गर्नेमाथि हुनसक्छ १ वर्ष कैद र जरिवाना सजाय
खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि अमानवीय व्यवहार भएको भन्दै दोषीमाथि कडा कारबाही हुने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताएका छन्।
राष्ट्रसेवक कर्मचारीमाथि यति हदसम्म गरिएको दुर्व्यवहार असहनीय रहेको भन्दै उनले दोषीमाथि अनुसन्धानपछि मुद्दा चलाइने बताए।
घटनामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले जानकारी दिए। अनुसन्धानपछि दोषीमाथि अभद्र व्यवहार र सार्वजनिक शान्ति विरूद्धको कसुरमध्ये प्रमाणित हुने मुद्दा चलाइने उनको भनाइ छ।
‘यो लेबलको अमानवीय व्यवहार गरेकालाई त्यतिकै छोड्न मिल्दैन। अभद्र व्यवहारमा १ वर्ष कैद वा १० हजारसम्म जरिवाना र शान्ति विरूद्धको कसुरमा १ वर्ष कैदसँगै क्षतिपूर्ति समेत भराउनुपर्ने हुन्छ।’
जनतमत पार्टीका अध्यक्ष राउतले कार्यालय प्रमुखमाथि दुर्व्यवहार गरी ठिकै गरेको बताए।
‘खाल्डो पुर्न बलवा टोलका ६४ परिवारले मिलेर पटक-पटक ज्ञापनपत्र बुझाएका थिए। कार्यालय ठेकेदार कसैले सुन्न तयार भएन। एम्बुलेन्स पास हुने अवस्था छैन। यस्तो अवस्थामा आजित भएर जनताले गरेको कारबाही स्वभाविक हो,’ उनले भने, ‘असार पहिलो सातामै खाल्डो खनेकाले बच्चालाई स्कुल जाने अवस्था छैन। जनताले जे गरे राम्रै गर्यो।’