बेलायतमा कोेरोनाबाट एकै दिनमा करिब ५० हजार जना संक्रमित भएका छन्। पछिल्लो २४ घन्टामा मात्रै त्यहाँ थप ४९ हजार १३९ जनामा संक्रमण पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन्।
तीन महिनापछि पछिल्लो २४ घण्टामा बेलायतमा यति धेरै सख्यामा सङ्क्रमित भेटिएका हुन्। संक्रमण पुनः बढ्न थालेपछि बेलायतका अधिकारीहरुले स्वास्थ्य मापदण्डको पालनामा जोड दिन थालेका छन्।
बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या ८५ लाख ८९ हजार पुगेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ कोरोना सङ्क्रमणको कारण १७९ जनाको निधन भएको छ। यो समेतगरी त्यहाँ १ लाख ३९ हजारभन्दा धेरै मानिसको संक्रमणबाट मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन्।
देशव्यापीरुपमा पुनः संक्रमण बढ्न थालेको भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि नागरिकलाई आग्रह गरेका छन्। स्वास्थ्य अधिकारीले धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन्।
त्यहाँका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले सरकारलाई हिँड्डूलमा कडाई गर्न तथा अन्य सामाजिक गतिविधिहरुमा पनि प्रतिबन्ध लगाउन सुझाव दिएका छन्।
बेलायतमा एकै दिन ५० हजार कोेरोना संक्रमित
बेलायतमा एकै दिन ५० हजार कोेरोना संक्रमित

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु