काबुल- महिला अधिकारकर्मीहरुले शिक्षामा पुरुषसरह समान अधिकारको माग गर्दै काबुलमा प्रदर्शन गरेका छन्। प्रदर्शनको समाचार संकलनमा खटिएका कैयौँ पत्रकारमाथि तालिबानहरुले आक्रमण गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
बिहीबार काबुलस्थित शिक्षा मन्त्रालय नजिकबाट अर्थ मन्त्रालयसम्म त्यहाँका महिलाले शिक्षामा पुरुषसरह समान अधिकारको माग गर्दै प्रदर्शन गरेका हुन्।
रंगीन हेड स्कार्फ लगाएका महिलाको एउटा समूहले मार्चपास गर्दै शिक्षालाई राजनीतिकरण नगर्न माग गर्दै प्रदर्शन गरेका हुन्। उनीहरुले ‘हामीसंग अध्ययन गर्ने र काम गर्ने अधिकार छैन। बेरोजगारी, गरीबी, र भोकले सताएको छ,’ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका थिए।
तालिबान अधिकारीहरुले प्रदर्शनमा सहभागी महिलालाई करिब १ घण्टा ३० मिनेटसम्म स्वतन्त्र रुपमा सडकमा हिड्न भने दिएका एएफपी समाचार समितिले जनाएको छ। तर, तालिबान लडाकूहरुले प्रदर्शनको समाचार संकलन गर्न खटिएका विदेशी पत्रकारलाई राइफल प्रहार गर्नुको साथै फोटोग्राफरलाई पछाडिबाट लात हानेका थिए।
प्रदर्शनकारी आयोजक मध्येकी एक जाहरा मोहम्मदीले एएफपीलाई भनिन्, ‘महिलाहरु जोखिमको बावजुद मार्चपास गर्दै थिए। तालिबानहरुले स्थानीय पत्रकार, विदेशी पत्रकार र महिलाहरु कसैको पनि सम्मान गरेनन्।’
उनले बालिकाको विद्यालय जाने अधिकारसमेत तालिबानहरुले खोसेको बताइन्।
पुरुष समान अधिकार माग्दै काबुलमा महिलाको प्रर्दशन
पुरुष समान अधिकार माग्दै काबुलमा महिलाको प्रर्दशन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु