कंचनपुरः बाढि पीडितलाई सम्वोधन गर्न राखिएको कार्यक्रममा प्रधानमन्त्री शेरवहादुर देउवा एक पीडितलाई जंगिदै हप्काएका छन ।
मंचको अगाडि बसेका एक युवकले प्रधानमन्त्री बोलेको नबुझेपछि अलि चर्को बोल्न अनुरोध गर्दा देउवा कड्किएका हुन ।
प्रधानमन्त्री बाढि, डुवान पहिरो पीडितको समस्या सम्वोधन गर्न हेलिकप्टरवाट जिल्लामा आएपछि ठुलो राहत पाउने आशा गरेका पीडितहरुलाई देउवाले जम्मा ९० सेकेण्ड सम्वोधन गरेका थिए । ‘ए भाइ, बढ्ता बोल्दैहुनुहुन्छ, चुप लाग्नुस्’ कञ्चनपुरको दोधारामा प्रधानमन्त्रीले माईकवाट हप्काउँदै भने ।
प्रधानमन्त्रीबाट बिशेष राहतको आश्वासन सुन्न पाईने आसा बोकेर पुगेका ती युवक देउवाले हप्काएपछि चुपचाप बसेका थिए ।
बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि देउवा बिहीबार करिब पाँच बज्नै लाग्दा कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– ९ स्थित अम्बिका माविमा आयोजित कार्यक्रममा सहभागी भएका थिए।
करिब १३ मिनेट कार्यक्रममा बसेका उनले डेढ मिनेट सम्बोधनको क्रममा बाढि पहिरोले देशभर समस्या भएको बताए उनले भने, ‘बाढीपहिरोले देशभर पीडा दिएको छ । धेरै धनजनको क्षति भएको छ । यो टोली काठमाडौं फर्किएपछि सरकारले राहत र पुनस्र्थापनाको प्याकेज ल्याउँछ, पीडितको पीडा सम्बोधन गर्छ । कटान, पटान, डुबान क्षेत्रका जनताको समस्या समाधान गर्न सरकार तयार छ ।’ यति भनिसकेपछि ‘अबेर भइसक्यो, अब म लागेँ’ भन्दै प्रधानमन्त्री विद्यालय प्रांगणमै रहेको हेलिकोप्टर चढेर कैलालीको धनगढीतर्फ लागे ।
सार्वजनिक सभा, समारोहमा आफुले भनेजस्तो नभए र कसैले बिरोधमा बोलेमा हप्काउने, थर्काउने प्रवृत्तिका कारण देउवा वेला बेलामा चर्चासँगै आईरहन्छन ।
बोलेको सुनिएन भन्दा प्रधानमन्त्री देउवा जनतासँग जंगिए
बोलेको सुनिएन भन्दा प्रधानमन्त्री देउवा जनतासँग जंगिए

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु