काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न घर, सहकारी तथा वित्तिय संघसंस्था गरी ९ स्थानमा चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं कोटेश्वर बस्ने रामेछाप दोरम्बा गाउँपालिका(४ घर भएका ३१ वर्षीय कमल थापा मगर, ३० वर्षीय धनलाल थापा मगर र काठमाडौं कपन मिलनचोक बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका(५ घर भएका ३९ वर्षीय हरि प्रसाद रसाइली रहेका छन् ।
काठमाडौं उपत्यकाभित्र रातको समयमा बिभिन्न सहकारी तथा वित्तिय संघसंस्थाहरु र घरमा मानिसहरु नभएको मौका पारी ढोका फोडी नगद तथा सुन चाँदीका गहना चोरी कार्यमा संलग्नको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले चोरी गर्ने कार्यमा संलग्न कमल र धनलाल तथा चोरी गरेको सुन खरिद गर्ने हरि प्रसाद समेतलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ८२।६८ ग्राम सुनका विभिन्न गहना र मोबाइल २ थान समेत प्रहरीले बरामद गरेको छ ।
उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
गहना र नगद चोर्ने गिरोह पक्राउ
गहना र नगद चोर्ने गिरोह पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु