काठमाडौँ- तालिवानले सत्तामा कव्जा जमाएपछि अफगानिस्तानमा चरम मानवीय संकट छाएको छ ।
गाँस, बाँस, कपास, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकताको अभाव झेल्दै आएका अफगानी नागरिकले भोको पेट भर्न सन्तान बेच्न बाध्य भएका छन ।
गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा अन्तराष्र्टिय सहयोग ठप्प भएदेखि समस्या उत्पन्न भएको हो ।
विश्वका प्रमुख दाताराष्ट्रले तालिबानी सत्तासँग कस्तो सम्बन्ध राख्ने भन्ने स्पष्ट नपारेकाले पनि अफगानिस्तानमा खाद्यान्न, औषधिलगायतका अत्यावश्यक सामग्रीको अभाव भएको छ ।
संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम९डब्लूएफपी०ले यो हिउँदमा अफगानिस्तानमा भोकमरीको ठूलो समस्या देखिने बताएको छ । २ करोड भन्दा बढी जनसंख्याले भोकमरीको समस्या भोग्नुपर्ने पनि डब्लूएफपीको चेतावनी छ । त्यस्तै ५ वर्षमुनिका झन्डै ३२ लाख बालबालिका कुपोषणको सिकार हुनसक्ने बताइएको छ । वर्तमान खाद्य संकटलाई सम्बोधन गर्नका लागि प्रतिमहिना २२० मिलियन अमेरिकी डलर चाहिने पनि डब्लूएफपीले जनाएको छ । तत्काल पर्याप्त खाद्यान्न र औषधोपचार नपाउने हो भने करिब १० लाख बालबालिकाको मृत्यु हुन सक्ने डब्लूएफपीको चेतावनी छ ।
अफगानिस्तानको यतिसम्म संकट उत्पन्न भएको छ कि अभावले ग्रस्त परिवारले आफ्ना छोराछोरी बिक्री गरिरहेका छन् । बीबीसीको एउटा रिपोर्टका अनुसार भर्खरै एक महिलाले परिवारका अन्य सदस्यलाई बचाउन नवजात शिशु बिक्री गरेकी छिन् । उनले सानी छोरीलाई ५ सय अमेरिकी डलर ९करिब ६० हजार नेपाली रुपैयाँ० मा बिक्री गरेकी हुन् । सुरक्षाका हिसाबले पहिचान गोप्य राखिएकी ती महिला भन्छिन्, ‘मेरा अरु छोराछोरी भोकले मर्दैछन्, त्यसैले हामी छोरी बेच्न बाध्य भयौं । म किन दुस्खी हुन्थिनँ र । उ मेरै बच्ची हो ।’
उनका श्रीमान् कबाडी संकलनको काम गर्थे, तर त्यसबाट केही आम्दानी नै हुँदैन । उनी भन्छन्, ‘हामी भोकले मरिरहेका छौं । हामीसँग अहिले न त पिठो छ न त तेल । हामीसँग केही पनि छैन ।’ उनी अगाडि भन्छन्, ‘मेरी छोरीलाई उसको भविष्य कस्तो हुन्छ भन्ने थाहा छैन । उसले केही थाहा पाउने अवस्था पनि छैन । तर मैले भने यस्तो कदम चाल्न बाध्य भएँ ।’
अहिले ती बालिका हेरातस्थित एउटा अस्पतालमै रहेकी छिन् । उनी हिँड्न सक्ने भएपछि खरिद गर्ने व्यक्तिले आफ्नो घर लैजाने भनेका छन् । ती व्यक्तिले पछि आफ्ना छोरासँग ती बालिकाको बिहे गरिदिने वचन पनि दिएका छन् । तर त्यसमा ढुक्क हुने अवस्था भने रहेको छैन ।
भोको पेट भर्न पाँच सय डलरमा बच्ची बेचियो
भोको पेट भर्न पाँच सय डलरमा बच्ची बेचियो
"गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा अन्तराष्र्टिय सहयोग ठप्प भएदेखि समस्या उत्पन्न भएको हो । "

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु