काठमाडौं – बर्षाले सिमेन्ट बजारमा असर गरेको भन्दै व्यवसायीहरुले सिमेन्टको भाउ बढाएका छन । तर दसैं सकिएलगत्तै उद्योगीले सिमेन्टको भाउ बढाएका छन्। हाल कोइलाको मूल्य आकासिएका कारण सिमेन्टको भाउ बढेको उद्योगीहरू बताउँछन्। उनीहरूका अनुसार सिमेन्टका लागि किल्ङ्कर बनाउनुपर्छ। यसका लागि कोइला अत्यन्तै आवश्यक कच्चा पदार्थ हो। हाल कोइलाको मूल्य छ गुणासम्म बढेको अर्घाखाँची सिमेन्टका बजार प्रमुख रमेश थापा बताउँछन्।
कोइलाको आपूर्ति कम भएको छ, अभाव छ। यसकारण कोइलाको लागत बढ्यो र सिमेन्टको भाउमा असर पर्यो,ु थापाले प्रस्ट्याए, ुसिमेन्टको मूल्य अझै बढाउने कुरा छ।
दसैंअघि अर्घाखाँचीले ओपिसी ९अर्डिनरी पोर्टल्यान्ड सिमेन्टरछिटो सुक्ने० को भाउ अघिल्लो वर्षको यही समयमाभन्दा बोरामा एक सय रूपैयाँ घटाएर कारोबार गरिरहेको जानकारी दिएको थियो। त्यो बेला अर्घाखाँची ओपिसीको कारखाना मूल्य प्रतिबोरा ६ सय २० रूपैयाँ थियो। भ्याट, ढुवानी खर्च लगायत जोडेर वितरकसम्म पुग्दा ७ सय ६६ रूपैयाँ २५ पैसा हुन्थ्यो। यसमा वितरकले दसदेखि बीस रूपैयाँसम्म नाफा राखेर बिक्री गर्छन्। त्यसैले उपभोक्ताले सात सय ७० देखि सात सय ९० रूपैयाँसम्ममा सिमेन्ट पाइरहेका थिए।
अहिले उद्योगले बोरामा २० रूपैयाँ बढाएको छ। हाल अर्घाखाँची ओपिसीको कारखाना मूल्य नै प्रतिबोरा ६ सय ४० रूपैयाँ पुगेको थापाले जानकारी दिए। उपभोक्तासम्म आइपुग्दा सात सय ९० देखि आठ सय २० रूपैयाँसम्म पर्छ।
थापाका अनुसार केही साताअघिसम्म प्रतिस्पर्धी बजारमा अस्तित्व कायम राख्न मूल्य घटाएर भए पनि आयतन फैलाउनुपर्ने आवश्यकता थियो। अहिले कोइलाको मूल्य र ढुवानी खर्च बढेपछि मूल्य केही हेरफेर गर्नै पर्ने बाध्यता भएको हो।
यसैगरी शिवम् सिमेन्टको मूल्य पनि गत महिनाको तुलनामा ३० देखि ३५ रूपैयाँ बढेको देखिन्छ। गत असोजमा शिवम् सिमेन्टको उपभोक्ता मूल्य सात सय ६५ देखि सात सय ८० रूपैयाँ थियो। हाल बढेर सात सय ९५ देखि आठ सय १५ रूपैयाँ प्रतिबोरा पुगेको कम्पनीले जानकारी दिएको छ।
सिमेन्टको भाउ बढ्यो
सिमेन्टको भाउ बढ्यो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु