महोत्तरीः नक्कली नोट बनाउने काममा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ९ डुमरवानाका ४४ वर्षीय सुकन महतो रहेका छन । प्रहरीले महत्तोबाट नक्कली नोट बनाउन प्रयोग गरिएका विभिन्न उपकरण पनि बरामद गरेको छ ।
गौशाला नगरपालिका ५ अन्तर्गत गौशाला बजारस्थित महावीर दासको घरमा डेरा लिई बसेका महतोका साथबाट नक्कली नोट विभिन्न दरका नेपाली तथा भारतीय नक्कली नोट र यो बनाउने उपकरण बरामद गरिएको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए।
महतोको डेराबाट तयारी तथा कटिङ नगरेका नेपाली विभिन्न दरका नक्कली नोट ८ लाख ८२ हजार ४२० रुपैयाँ तथा भारतीय २ लाख ७७ हजार ९७० रुपैयाँ साथै विभिन्न दरका नेपाली सक्कली नोट ५ हजार ७० रुपैयाँ बरादम गरिएको डीएसपी विष्टले जानकारी दिए।
यस्तै नक्कली नोट छाप्ने प्रिन्टर मेसिन १ थान, रबर स्टाम्प १ थान, लालीगुराँस छाप भएको फलामे ढ्याक ३ थान र महात्मागान्धी भएको ढ्याक १ थान, कम्प्युटर पेपर ३ रिम, काठको ट्रेस फर्मा २ थानलगायत सरसमान बरामद भएको उनले बताए।
महतोबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय महोत्तरीले जनाएको छ
नक्कली नोट र बनाउने मेसिनसहित महत्तो पक्राउ
नक्कली नोट र बनाउने मेसिनसहित महत्तो पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु