पोखराः आफुलाई फसाँउने गम्भिर षड्यन्त्र भएको बताउँदै सामाजिक क्षेत्रमा सक्रिय पोखरा महानगरपालिका ११ फुलवारीका श्रीप्रसाद बाँस्तोलाले विभिन्न व्यक्तिहरुको नाम किटानी गर्दै आत्महत्या गरेका छन ।
१५ वर्ष अगाडि आमाले भनेको नमान्दा व्यवहार विग्रेर आफ्नो सबै सक्किएर जीन्दगी पनि सखाप भएको जनाउँदै उनले घरभित्रै झुण्डिएर आत्महत्या गरेका हुन ।
शिक्षा, बालअधिकार, पत्रकारितासँगै विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील बाँस्तोलाले आफुलाई धोका दिनेहरुका कारण बाध्य भएर आत्महत्या गर्न बाध्य भएको जनाएका छन । आत्महत्या गर्नुअघि फेसवुकमा १५ वर्ष अगाडि आमाले भनेको नमान्दा अहिले पुख्र्यौली सम्पत्ति, घर, खेत, जग्गा, सुन, गहना र स्कुल सबै चैट भन्दै आज आफैं पनि चैट हुनुपरेको लेखेर आत्महत्या गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बाँस्तोला बिहीवार राती आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको बताए । गएराति साडे तीन बजेतिर फेसबुकमा आत्महत्या गर्नुपर्ने कारण, र आफूलाई फसाउन प्रपञ्च गर्ने व्यक्तिहरुको नामसहित उल्लेख गरेर पोष्ट गरेका थिए । श्रीमप्रसादले लेखेको स्टाटस अमेरिकामा रहेकी दिदीले देखेपछि भाईलाई खवर गरेकी थिईन । श्रीप्रसादको घर भन्दा केहि पर रहेको घरवाट भाई पुग्दा ढिलो भइसकेको थियो । उतिवेलासम्म श्रीप्रसाद झुण्डिसकेका थिए ।
प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटसका सन्दर्भमा परिवारले आत्महत्या दुरुत्साहनमा निवेदन दिएमा नाम उल्लेखित सबैलाई पक्राउ गरी अनुसन्धान गर्न सकिने जनाएको छ । उनले आफ्नो मृत्यु पछि लाख नजलाउनु, गाडिदिनु, किरियामा कोही नबस्नु लगायतका उनलाई फसाउन गरिएका षडयन्त्र र मतियारहरुको नाम समेत उल्लेख गरेका छन् ।
सामाजिक संजालमा श्रीप्रसादले विश्वास आत्महत्या गर्न लागेको स्टाटस पोष्ट गरेपछि अधिकांशले जीन्दगीका चुनौतीदेखि हार खाएर ज्यान नफाल्न अनुरोध गरेका थिए । धेरैले बर्बाद बनाउने गिरोहलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने माग राखेका छन ।
आत्महत्या गर्नुअघि श्रीप्रसादले फेसबुकमा लेखेको स्टाटसः
१५ बर्ष अगाडि आमाले भनेको नमान्दाको परिणाम
देशको बाताबरण गर्ने होईन,मर्ने बनाउने खालको छ ।
पैत्रिक संपति, घर, खेत, जग्गा, सुन, गहना, स्कूल, सबै चैट ।
आज आफै चैट ।
लज्जा देख्नु भन्दा, अस्ताउनु बेश
छलकपटकी श्रीमती सृजना घिमिरे
मेरो लाश नजलाउन गाडिदिनु, मेरो किरीया कोहि नबस्नु
मैले तिर्ने काम प्राय सबै गरे
अरु श्रीमती संग लिनुहोला ।
प्रहरी प्रधान कार्यालय
काठमाडौं ।
बिषय- गम्भिर षडयन्त्र सम्बन्धमा । फसाउने प्रपन्च गरिएको सम्बन्धमा ।
षडयन्त्रकारीहरुको नामाबली मुख्य योजनाकार पो।म।न।पा ११ निबासी रबिन्द्रनाथ बास्तोला, बिश्वराज बास्तोला, श्रीमती नाताकी सृजना बाँस्तोला, श्रीमती संग निकट उज्वल पुन मगर, अनिल गुरुङ, पोखरा १४ स्थित अजय के.सी, बाग्लुङ निबासी बिन्दु मगर, पोखरा काँहु निबासी हिम पौडेल नारायण, नरेश गुरुङ आदि ।
महोदय,
प्रस्तुत बिषयमा म श्रीप्रसाद बास्तोला पूर्व बिद्यालय संचालक हाल बाल अधिकार संरक्षणका लागि आवाज उठाउदै आएको ब्यक्ति हुँ । दुई बर्ष अगाडि बिश्वराज बास्तोला छात्रा र्दुब्यबहारमा पक्राउ परेपछि मलाई फसाउने धम्की दिईएको थियो ।
हाल आएर माथि उल्लेखित ब्यक्तिहरुको षडयन्त्रमा मेरी श्रीमतीले मेरो हस्ताक्षर गर्न लगाई झुक्याई खाली चेकमा रकम भरी फसाउने, भुक्तानी गरिएको लेनदेनको कागज नच्याती पेश गर्ने, श्रीमती सृजना बास्तोलाले मलाई नशालु पदार्थ खुवाई, अनिल गुरुङ र अजय केसीको सहयोगमा बिन्दु मगरले आफ्नो कोठामा बोलाई फसाउने उद्देष्य राखी यौन भिडियो बनाउने कार्य गरी मलाई फसाउन खोजेको सही साँचो हो । पोखरा टेलिभिजनको म सिईओ हुँदा बखतमा गरिएको चेकमा पनि मैले हस्ताक्षर मात्र गरी संस्थापकलाई बुझाएको मात्र हुँ ।
तसर्थ यस उपर निष्पक्ष छानबिन गरी कानून बमाजिम कारवाहीको लागि अनुरोध गर्दछु ।
कानून बमाजिमको आदेश पालना गर्न तयार गण्डकी प्रदेश प्रहरी कार्यालय कास्की,पोखरा
निबेदक
श्रीप्रसाद बास्तोला
९८५६०६४०३३
पो.म.न.प. वडा नं ११