काठमाडौं- सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराको राजिनामाको विषयलाई लिएर उठेको विवाद नेपाल बार एशोसिएसनका वकिलहरुसम्म पुगेको छ ।
प्रधानन्यायाधीश जवराले राजिनामा दिनुपर्छ र दिनु हुँदैन भन्ने विवाद बडेर चर्किदै गएपछि वकिलवीच वार अर्थात कुटाकुट भएको हो । वकिल भूमिनन्द चुडालले सर्वोच्चमा बहस ठप्प हुँदा गरिव वकिलहरुलाई गुजारा गर्न समस्या भएकोले बहसलाई सुचारु गर्नुपर्ने वताएपछि अर्का वकिल बिराट न्यौपानेले चुडाललाई दलाल भन्दै ठेल्दै लगेर गालामा चड्कन लगाएका थिए । जवाफमा चुडालले लात्तीले हान्न खोज्दा न्यौपाने तर्किएका थिए । न्यौपानेले पटक पटक झम्टिएपछि अरु वकिलले सम्झाएका थिए ।
चुडालले चड्कन खाएपछि वारको नेतृत्व नै असक्षम भएको आरोप लगाउँदै धुरुधुरु रोएका थिए । उनले न्यौपानेका बिरुद्ध कानुनी उपचारमा जाने समेत बताए ।
न्यौपानेले चुडाललाई दलाल भन्दै यो त नसियत मात्रै दिएको वताए ।
बिराटले चुडालको गालामा चड्काए
बिराटले चुडालको गालामा चड्काए

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु