यहाँवाट यसरी चुनिनेछन पदाधिकारीहरु
काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटीले १० औं महाधिवेशनबाट निर्वाचित हुने २१० केन्द्रीय सदस्यहरुको क्षेत्र निर्धारण गरेको छ ।
शुक्रबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको निर्वाचन क्षेत्र र संख्यालाई अन्तिम रुप दिएको हो । केन्द्रीय कमिटीमा खुला, भूगोल र समावेशीतर्फबाट तीन वटा निर्वाचित क्षेत्र हुनेछन् ।
चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनले २ सय २५ सदस्यीय केन्द्रीय कमिटीका १५ जना पदाधिकारी र २ सय १० जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । २ सय १० जना केन्द्रीय सदस्यहरुमध्ये खुलातर्फ ९८ केन्द्रीय सदस्य निर्वाचित हुने छन् भने समावेशीतर्फ ६६ जना र भूगोलबाट ४६ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
कानुनी व्यवस्थाअनुसार कुनै पनि दलले ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेको छ ।
एमालेले भूगोलतर्फ प्रदेश, उपत्यका विशेष र सम्पर्क कमिटी भनेर तीनवटा समूहमा विभाजन गरेको छ । प्रत्येक प्रदेशबाट ४ जना खुला र २ महिला, सम्पर्क मञ्च तथा उपत्यका विशेषबाट एक एक खुला र महिला निर्वाचित भएका छन् । जसअनुसार प्रदेशबाट ४२ जना र उपत्यका तथा सम्पर्क मञ्चबाट ४ जना गरी ४६ केन्द्रीय सदस्य निर्वाचित हुन्छन् ।
समावेशीतर्फ ६६ जना निर्वाचित हुने व्यवस्था एमालेले गरेको छ । आदिवासी जनजाति क्षेत्रबाट २२ जना निर्वाचित हुनेछन् । जसमध्ये १५ जना खुला र ७ जना महिला हुनेछन् । त्यसैगरी मधेसीमा ११ खुला र ५ महिला गरी १६ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । थारुतर्फ ४ खुला र २ महिला गरी ६ जना, दलिततर्फ ७ खुला र ३ महिला गरी १० जना निर्वाचित गर्ने व्यवस्था एमालेले गरेको छ । मुस्लिमतर्फ ४ केन्द्रीय सदस्य निर्वाचित हुने भएका छन् जसमा ३ खुला र १ महिला, श्रमिकबाट ३ खुला र २ महिला गरी ५ सदस्य निर्वाचित हुनेछन् । त्यसैगरी पिछडिएको क्षेत्रबाट २ खुला र १ महिला गरी ३ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
गत महिना गोदावरीमा भएको एमालेको पहिलो विधान महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव १र१ जना निर्वाचित हुने व्यवस्था गरेको छ । त्यसैगरी ४ जना उपाध्यक्ष र ७ जना सचिवसमेत महाधिवेशनले निर्वाचित गर्ने छ । बैठकमा पदाधिकारीहरुको पनि समावेशिताको आधारमा निर्वाचित हुनुपर्ने माग उठे पनि सबै पदमा खुला रुपमा प्रतिस्पर्धा हुने छ ।
शुक्रबारको केन्द्रीय कमिटी बैठकले १० औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या र मापदण्ड पनि निर्धारण गरेको छ । बैठकमा संगठन विभाग तर्फबाट १५ सय ५२ जना प्रतिनिधिको संख्या र मापदण्ड प्रस्ताव गरे पनि भूगोलतर्फ महाधिवेशनमा प्रतिनिधित्व गर्ने संख्या थप्न केन्द्रीय सदस्यहरुले माग गरेका थिए । त्यसपछि सो संख्यालाई बढाएर १ हजार ९ सय ९९ जना पुर्याइएको केन्द्रीय सदस्य नीरज आचार्यले बताए । नयाँ व्यवस्थाअनुसार सल्लाहकार परिषद्मा सबै सदस्य महाधिवेशन प्रतिनिधि हुन पाउनेछन् । यसअघि सो संख्या १५ जना तोकिएको थियो । इलेक्ट्रोनिक भेटिङ मेसिन इभिएम प्रयोग गर्ने निर्णय पनि बैठक गरेको छ ।
चितवनको नारायणी किनारामा उद्घाटन र पर्यटकीय नगरी सौराहामा नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने एमालेको निर्णय छ । विधान महाधिवेशनले एमालेले आगामी ५ वर्षका लागि दिने वैचारिक, संगठनात्मक विषय टुंगो लगाइसकेको छ ।
पदाधिकारी १५ खुला
अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उप महासचिव १(१ जना, उपाध्यक्ष ४ र सचिव ७ जना
केन्द्रीय सदस्य २ सय १०
खुला ९८ जना खुला ६५ र महिला ३३०
समावेशी ६६ जना
आदिवासी जनजाति २२ जना १५ खुला र ७ महिला
मधेसी १६, ११ खुला र ५ महिला
थारु ६, ४ खुला र २ महिला
दलित १०, ७ खुला र ३ महिला
मुस्लिम ४, ३ खुला र १ महिला
श्रमिक ५, ३ खुला र २ महिला
पिछडिएको क्षेत्र ३, २ खुला र १ महिला
भूगोल ४६ जना
प्रत्येक प्रदेशबाट ६ जना, ४ खुला र २ महिला
सम्पर्क मञ्च १ खुला र १ महिला
उपत्यका १ खुला र १ महिला