पोखराः प्रहरीले लागूऔषधसहित पोखरा महानगरपालिका ३० गगनगौडा पावर हाउसबाट दुई जनालाई पक्राउ गरेका छन ।
ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा १० रामबजारका २१ बर्षिय सुरज बि.क, अर्घाखाँची पाणिनी गाउँपालिका ३ का १८ बर्षिय कमल सुनार र रुपन्देही सैनामैना नगरपालिका ८ का २० बर्षिय बिक्रम विक रहेका छन । शंकास्पद रुपमा हिडिरहेका उनीहरुलाई खानतलासी गर्दा लागू औषध डाईजापाम १९ एम्पुल, ब्रुफिनुर्फिन १९ एम्पुल, फेनेरागन २० एम्पुल गरी जम्मा ५८
एम्पुल र मोबाईल (१ थान सहित पक्राउ गरेको थियो ।
अभियुक्तहरुलाई कास्की जिल्ला अदालतबाट दश दिन म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाईएको छ ।
पावरहाउसवाट लागूऔषधसहित तीन पक्राउ
पावरहाउसवाट लागूऔषधसहित तीन पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु