मोरङ-मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि गठबन्धनको तर्फबाट आजै नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईले मुख्यमन्त्रीको दावी दिने भएका छन्। ५० जना सांसदको हस्ताक्षरसहित आजै प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने राईले बताए।
मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुखले प्रदेशसभामा सरकार गठनको लागी आह्वान गर्नुपर्ने व्यवस्था छ। सदनमा एकल बहुमतको पार्टी नरहेको अवस्थामा संविधानको अनुसार मुख्यमन्त्री चयन गर्न आह्वान गर्नुपर्ने व्यवस्था छ।
गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले यसअघि देखिनै आलोपालोको सरकार बनाउने प्रस्ताव गर्दै आएको थियो। कांग्रेस ठूलो दल भएकाले कांग्रेसले पनि मुख्यमन्त्रीको दावा गठबन्धन भित्र गरेको थियो।
तर, राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउँदा भने आलोपालोको तत्काल कुरा नहुने देखिएको छ। राईका अनुसार आलोपालोको विषय केन्द्रले नै टुंग्याउने छ।
‘यहाँ मात्र हैन गठबन्धन केन्द्रीय स्तरमा छ, अन्य प्रदेशमा पनि गठबन्धनका अन्य पार्टीहरूलाई जिम्मेवारी दिएको छ’ राईले भने, ‘अरुतिर पनि यहाँको प्रभाव पर्न सक्छ, त्यसैले आलोपालोको निर्णय केन्द्र स्तरबाटै टुंगिन्छ।’
९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मतको आवश्यकता पर्छ। एमालेमा अहिले ४१ सांसद छन्। भने विपक्षी गठबन्धनमा ५० सांसद छन्।
नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन्। राप्रपाका एक सांसद कतै खुलेका छैनन्।
आचार्यको राजीनामा पछि एकीकृत समाजवादीका राईको मुख्यमन्त्रीमा दावी
आचार्यको राजीनामा पछि एकीकृत समाजवादीका राईको मुख्यमन्त्रीमा दावी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु