पोखरा- लागू औषधसहित प्रहरीले पोखरा महानगरपालिका ३० गगनगौडाबाट स्थानीय दुई युवकलाई पक्राउ गरेको छ ।
शंकास्पद ढंगले हिडिरहेको अवस्थामा चेकजाँच गर्दा दुई युवक पक्राउ परेका प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको टोलीले गगनगौडाको पावरहाउसमा सवारी साधन चेकजाँच गर्दा स्थानीय घोतघोतेका ३१ बर्षिय बिक्की गुरुङ र ३० बर्षिय जितु गुरुङलाई पक्राउ गरेको हो ।
अभियुक्तहरुलाई खानतलासी गर्दा लागू औषध डाईजापाम २० एम्पुल, फेनेरागन २० एम्पुल र नुर्फिन२० एम्पुलसहित मोबाईल ३ थान र एक लाख ४४ हजार रुपयाँ बरावद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
अभियुक्तहरुलाई लागूऔषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट आठ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
गगनगौडाबाट लागूऔषधसहित दुई पक्राउ
गगनगौडाबाट लागूऔषधसहित दुई पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु