ईटहरी – कम्युनिष्टको खोल ओढेर सर्बहाराको उत्थान र समाजवादको नारा जप्दै राजनीति गर्ने नक्कली कम्युनिष्टको विगविगी छ नेपालमा । मान, मनी, महिला, मदिराका सौखिन पात्रहरु राजनीतिमा छिरेर रजगज गर्दा नेपाल र नेपालीको भविष्य बर्बादीतिर धकेलिदै गएको छ । हरेक दलभित्र भ्रष्ट चरित्र बोकेका निकम्मा नेतृत्वहरुले बेला बेलामा मच्याएका कुकर्म काण्डहरुको नालीवेली बयान गरेर साध्य नै छैन ।
भाषणमा नैतिकता, आर्दस र सिद्धान्तका चर्का कुरा गर्ने तर व्यवहारमा आफु, आफन्त र आसेपासेहरुको बिकास गर्दै देशलाई बर्बादी पार्नेहरुको रजाई कसैले रोक्न सकिरहेका छैनन ।
अझैपनि देशका मुख्य शहरका झोपडीदेखि विकट गाउँका बस्तीहरुका करोडौं जनता अभाव, भोक, रोग, वेरोजगारि, अशिक्षाले पिल्सिएर दयनीय जीवन बाच्न बिबश छन । भीर पखेराका असुरक्षित बस्तीहरुमा बर्षेनी भीषण बाढि, पहिरोले शयौंले ज्यान गुमाईरहेका छन । अप्ठारा भीरहरुका कच्ची साँघुरा बाटोमा गुड्ने थोत्रा सवारी दुर्घटनामा परेर शयौं यात्रुहरुले अकालमा ज्यान गुमाईरहेका छन । तर तिनै सर्वहारा जनतालाई समृद्धिको सपना देखाएर देशको शाषन सत्तामा पुग्नेहरु सात पुस्तालाई पुग्ने सम्पति जोडेर दिनरात मोजमस्तिमा जीन्दगी विताइरहेका छन ।
नेपालका निकम्मा नेताहरु जहिले पनि अर्कालाई गालीगलौज गर्ने, खिस्सि गर्ने, उडाउने र जनताहरु तिनिहरुका हावादारी गफ सुनेर ताली पिट्दै समर्थन गरेर हिड्ने प्रवृत्ति यो देशका लागि दुर्भाग्य बन्न गएको छ ।
हालैको बेमौषमी बर्षाले नेपालको पूर्वि क्षेत्र प्रदेश नं १ मा पनि व्यापक धनजनको क्षति पुरायो । दर्जनौ नागरिकहरुले बाढि, पहिरोको चपेटामा परेर अकालमा ज्यान गुमाएको चोटले अझै पीडित परिवार र आफन्तहरु शोकको आँसुमा डुविरहेका छन । बाढि, पहिरोले उठिवास बनेका हजारौं नागरिकलाई खान, बस्नको समस्याले पिरोलिरहेको छ ।
जनता जतिसुकै समस्यामा परेपनि नेतृत्व वर्गले कहिल्यै पनि गम्भिरतापूर्वक समस्या समाधान गर्नेतर्फ चासो दिएको पाईदैन ।
यतिखेर नेपालका पार्टी र नेताहरु पद र पावरको दौडमा व्यस्त छन । नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकिकृत समाजवादीसहितको गठबन्धनले केपि शर्मा ओली नेतृत्वको एमालेको केन्द्रिय सरकार ढालेर सबै प्रदेश सरकारलाई पछारेर प्रतिपक्षमा पुराएका छन । हिजो सत्तामा छदाँ विकास र समृद्धिका उखान टुक्का हालेर जनतालाई खोक्रो आश्वासन बाँड्दै हिडेका एमाले अध्यक्ष ओली यतिखेर चोईटिएर गएका माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई सत्तो सराप्दै हिडेका छन । अर्कोतिर गठवन्धनधारी दलहरु पद र पावर हात परेसँगै खुसीयालीमा झुमेका छन ।
विरामी पर्दा एक विर्को औषधी र तिर्खा लाग्दा एक घुट्को स्वच्छ पानी पिउन नपाउने जनता नेपालमा धेरै नै छैन । तर तिनै जनताको समृद्धिका लागि राजनीति गर्छु भनेर फलाक्ने पार्टी र नेताहरु सत्ताको स्वादमा मस्त छन ।
प्रदेश १ मा एमालेबाट मुख्य मन्त्री बनेका भीम आचार्यले राजिनामा दिएपछि आफु मुख्यमन्त्री बन्ने बाटो खुलेको खुसीयालीमा ए. समाजवादीका राजेन्द्र राईले सोमबार राति वियर फोडेर पार्टी गरे ।
सोमबार दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष सांसदहरूले राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबीपत्र बुझाएपछि राति वियरसहित केक पाटी गरियो । प्रदेश प्रमुख अधिकारीले पत्र बुझ्दै आज मंगलबार २ बजेका लागि शपथ ग्रहणको समय तोकेपछि मुख्यमन्त्रीको पद नसम्हाल्दै होटलमा वियर पाटी दिएर शुरुवातमै गतिलो संकेत दिएका छैनन ।
पाँच दलीय गठबन्धनबाट प्रदेश १ को मुख्यमन्त्री हुने भएपछि राजेन्द्र राईले बियरसहितको पार्टी दिएका छन्।
कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीसहितका ४९ सांसदको समर्थनमा मुख्यमन्त्री पक्का गरेपछि राईले पार्टी दिएका हुन्।
नेकपा एकीकृत समाजवादीका सचिवसमेत रहेका राईले मुख्यमन्त्री बन्न लाग्दाको खुसी होटलमा वियरबाट शुरु गरेको भिडियोको आलोचना भएपछि केहि समयमै हटाईएको थियो ।
मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत जुटाउन नसकेपछि सोमबार राजीनामा दिएका थिए। उनी ६८ दिनसम्म सत्तामा रहे।
सपथ नलिदै बियर फोडेर मस्तिमा हुनेवाला मुख्यमन्त्री राई
सपथ नलिदै बियर फोडेर मस्तिमा हुनेवाला मुख्यमन्त्री राई

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु