काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली जनताको खुसी नै आफ्नो खुसी रहेको बताएका छन्। मंगलबार पत्रकार सम्भेलनमा उनले नेपाली जनताको मायाले नेपाल आउन प्रेरित गरेको स्पष्ट पारे। ‘नेपाली जनताको मायाले नेपाल आउन प्रेरित गर्यो।’
उनले थपे ,‘राष्ट्रिय टीमका खेलाडी र व्यवस्थापनको समन्वय र सम्बन्धले पुनः आउन प्रेरित गर्यो।’
अल्मुताइरीले आफ्नो व्यक्तिगत जीवनलाई लिएर टीका टिप्पणी नगर्न आग्रह गरे। ‘मेरो व्यक्तिगत जीवन र व्यवहारको बारेमा कसैले टिप्पणी गर्नू जरुरी छैन।’ उनले भने, ‘मेरो कामको मात्र टिप्पणी गर्नू।’
उनले राष्ट्रिय टीमले कहाँ(कहाँ कसरी खेल्ने भन्ने योजना बनाएको जानकारी गराए।
अल्मुताइरीले तीन वर्षे सम्झौतामा हस्ताक्षर गरेका उनी सन् २०२४ सम्म राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहनेछन्। यस अगाडि अलमुतारीले फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका थिए। तर अखिल नेपाल फुटबल संघ ९एन्फा०का अध्यक्ष कर्माछिरिङ शेर्पाले कतार पुगेर भेट गरेपछि पुनस् नेपाल आउन तयार भएका हुन्।
नेपाली जनताको खुसी नै मेरो खुसीः मुख्य प्रशिक्षक अल्मुताइरी
नेपाली जनताको खुसी नै मेरो खुसीः मुख्य प्रशिक्षक अल्मुताइरी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु